Advertisement

काठमाडौंमा दसैंको लागि खसी, बोका र च्याङ्ग्रा किन्नेहरुको भिड (फोटोफिचर)

0 117

Advertisement

१५ असोज, काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बागमती प्रादेशिक कार्यालयले आजदेखि खसी, बोका र च्याङ्ग्रा सहुलियत मूल्यमा बिक्री गर्न थालेको छ । दशैंका लागि खाद्यले खोलेको सहुलियत पसलमा प्रतिकिलो १० रुपैयाँ छुट दिएर जिउँदो खसी ६७०, बोका ६७० र च्याङ्ग्रा १२ सय ५० रुपैयाँमा बिक्री भइरहेको जनाइएको छ ।

साथै कलंकी नजिकैको खसी बजारसहित काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बिक्रेता र क्रेताबीच आपसी मोलतोल गरेर पनि खसी, बोका र च्याङ्ग्रा बिक्री भइरहेका छन् । चौपाया खरिद बिक्री सेवा संघले लोकल खसीबोकाको मूल्य प्रतिकिलो ६८० देखि ७१० रुपैयाँ र च्याङ्ग्रा प्रतिकिलो १३ सय रुपैयाँ तोकेको छ । काठमाडौंका थापाथली, बागबजार–खसिबजार, प्रदर्शनीमार्गस्थित् क्याम्पस रोडमा खसी, बोका र च्याङ्ग्रा किन्नेहरुको भिड लागेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.