Advertisement

कागेश्वरी मनोहरामा नगर स्तरिय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

0 156

Advertisement

१५ असाेज,फकाठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-७मा नगर स्तरिय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । ‘घनामंगल युथ फोरम फर सोसाइटी’को आयोजना तथा नगरपालिकाको सहयोगमा प्रतियोगिता वडा कार्यालयको कवड हलमा शनिबार (आज) सम्पन्न भएको हो । जसमध्ये खुल्ला पुरुषतर्फ सुरेन्द्र कटुवाल र कृष्ण खतिवडाको जोडी प्रथम भएको थियो भने महिलातर्फ मैया भट्टराई र सीता कार्कीको जोडीले प्रथम स्थान हासिल गर्न सफल भएको थियो । यस्तै भेट्रान्स (४५ वर्षमाथि)तर्फ दिपक लामा र बिष्णु बस्नेतको जोडी प्रथम भएको थियो । खुल्ला पुरुषतर्फ द्दितीय हुनेमा दिपक लामा, नारायण गौतम, भेट्रान्सतर्फ केशव न्यौपाने, ध्रुब खड्का, महिलातर्फ प्रेक्षा बस्नेत, अनिता बस्नेत र तृतीय हुनेमा बिष्णु बस्नेत, राम बहादुर श्रेष्ठ र भेट्रान्सतर्फ विश्वनाथ खनाल, श्रीराम थापा रहेका छन् ।

घनामंगल युथ फोरम फर सोसाइटीका सचिव शेखर सिग्देलकाअनुसार प्रतियोगितामा ४० जोडीले सहभागिता जनाएका थिए । त्यसमध्ये पुरुषको जोडी ३७ र ३ जोडी महिला प्रतिस्पर्धी रहेका थिए । बिजेतालाई कप, मेडल, प्रमाणपत्र र सहभागी सबैलाई मायाको चिनो प्रदान गरिएको थियो । प्रतियोगितामा विजयी खेलाडीहरुलाई कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्की, उपप्रमुख शान्ता थापा र वडाअध्यक्ष भिमसेन थापाले पुरस्कृत गरेका थिए ।

प्रतियोगिता नगरप्रमुख कार्कीले समापन गरेका हुन् । सो अवसरमा कार्यक्रमलाई संबोधन गर्दै नगरप्रमुख कार्कीले खेलकूद क्षेत्रलाई नगरपालिकाले प्राथमिकतामा राखेर कार्य गरिरहेको जानकारी दिए । उनले नगरलाई खेलकूद सिटीको रुपमा विकास गर्न आफू लागिपरेको पनि बताए । नगर उपप्रमुख शान्ता थापाले प्रतियोगितामा महिलाहरुको सहभागिता रहेकोमा खुसी व्यक्त गर्दै खेलकूदलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताइन् ।

यस्तै कार्यक्रममा वडाअध्यक्ष भिमसेन थापाले स्वास्थ्यका लागि खेलकूल अत्यन्त आवश्यक भएको बताउदै खलकूदलाई वडाले पनि प्राथमिकता दिएर कार्य गरिरहेको बताए ।

समापन कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, वडाबासी, तथा खेलाडीहरुको उपस्थिति रहेको थियो । हिन्दु धर्मालम्बीहरुको महान् पर्व विजया दशमी तथा शुभदिपावलीको अवसरमा प्रतियोगिता यहि असोज १० गते घटस्थापनाका दिनबाट शुरु भएको हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.