Advertisement

गोठाटार हत्या प्रकरण : सुटर बोलाएर हत्या, यी हुन् मुख्य योजनाकार

0 261

Advertisement

०४ असाेज, काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८ को गोठाटारमा गोली हानेर व्यवसायीको हत्या गर्नेहरु ३ दिनदेखि नजिकैको होटलमा बसेको खुलेको छ ।

व्यवसायी ५५ वर्षीय लाल मोहम्मद भन्ने मोहमम्द दर्जीलाई गोली हान्नेहरु घटनास्थलबाट चार सय मिटर अगाडिको कोशीपारि गेष्ट हाउसमा बसेको पाइएको हो ।

गेष्ट हाउसको लगबुकमा जितेन खान नाम गरेका व्यक्तिले इन्ट्री गराएका छन् । लगबुकमा इन्ट्री गराएको नाम वास्तविक हो कि होइन भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सिबिजी मोटरसाइकल चढेर गेष्ट हाउसमा पुगेका जितेनले नै लाल मोहम्मदको हत्या योजना बनाएका हुन् । भदौ ३० देखी रेकी गरेका उनले असोज ३ मा सुटर बोलाएर हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार गेष्ट हाउसमा बसेर निगरानी गर्ने पुरुष नै मुख्य योजनाकार हुन् । भारतको नयाँ दिल्ली घर भएका उनी लामो समयदेखि नेपाल बस्दै आएका थिए ।

मुख्य योजनाकार र लाल मोहम्मदको बिचमा आर्थिक कारोबार रहेको खुलेको छ । आपराधिक पृष्ठभूमि भएका मोहम्मद जाली नोट कारोबारीलाई गोली प्रहार गरेको आरोपमा १० वर्ष जेल बसेर निस्केका हुन् ।

सर्लाहीको हरिवन नगरपालिका–२ घर भएका मोहम्मद हत्यामा संलग्न मुख्य योजनाकार प्रहरीको खोजी सूचीमै थिए । करिब १ वर्षअघि न्यूरोडबाट ७० लाख नेपाली रुपैयाँ र ३० लाख भारु लुटमा संलग्न भएको आशंकामा प्रहरीले उनलाई खोजिरहेको थियो । हुण्डीको सो रकम लुटेर उनी फरार भएका थिए । सो रकम हुण्डीको भएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.