Advertisement

अग्रता जोगाउन नसक्दा चेल्सी पराजित

0 85

Advertisement

१५ भदाै, काठमाडौं । अग्रता जोगाउन नसक्दा चेल्सी प्रिमियर लिगमा पराजित भएको छ। मंगलबार राति सम्पन्न खेलमा चेल्सी घरेलु टोली साउथह्याम्प्टनसँग २-१ गोल अन्तरले पराजित भएको हो।
साउथह्याम्प्टनको जितमा रोमियो लाभिया र एडम आर्मस्ट्रङले १/१ गोल गरे। यता, चेल्सीका लागि रहिम स्टर्लिङले १ गोल फर्काए। खेलको २३औं मिनेटमा स्टर्लिङले गोल गर्दै चेल्सीलाई सुरूआती अग्रता दिलाएका थिए। तर, २८औं मिनेटमा लाभियाले गोल गर्दै खेल बराबरीमा ल्याए।

त्यसपछि पहिलो हाफको अतिरिक्त समयमा एडमले गोल गर्दै साउथह्याम्प्टनलाई २-१ को जित दिलाए। जितसँगै साउथह्याम्प्टनले ५ खेलबाट ८ अंक जोडेको छ। साउथह्याम्प्टन अंक तालिकाको सातौं स्थानमा छ। समान खेलमा ७ अंक जोडेको चेल्सी आठौं स्थानमा रहेको छ।

मंगलबार नै सम्पन्न अन्य खेलमा फुलह्यामले ब्राइटनलाई २-१ ले पराजित गरेको छ। यस्तै, क्रिस्टल प्यालेसले ब्रेन्टफोर्डलाई र लिड युनाइटेडले एभर्टनलाई १-१ गोलमा रोकेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.