Advertisement

अवैध रुपमा आएको दुई ट्रक रासायनिक मल धादिङका किसानले लुटे

0 333

Advertisement

०४ जेठ, काठमाडौं । भारतबाट अवैध रुपमा रासायनिक मल आएको थाहा पाएपछि धादिङका किसानहरुले उक्त मल लुटेका छन्। धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ६ स्थित धार्केमा ट्रक रोकेर स्थानीयले मल लुटेका हुन्।

नेपालमा विदेशबाट मल आयातको जिम्मेवारी कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलाई मात्रै छ। तर, त्यो मल व्यापारीहरुले ल्याएका थिए। सो जानकारी राजश्व अनुसन्धान विभागले पाएको थियो। त्यसैले राजश्व अनुसन्धान विभागले मल समातेको थियो। समातिएको मल राजश्व अनुसन्धान विभाग हरिहर भवन आउँदै थियो।

त्यो सूचना धादिङको किसानले थाहा पाएपछि गाडी रोकेर मल लुटेका हुन्। धार्के गाउँपालिकाका किसान र धुनिबेसी नगरपालिकाका किसानहरु मिलेर मल लुटेका हुन्। राजस्व अनुसन्धान विभागका प्रवक्ता दिवस आचार्यले सशस्त्र प्रहरी बलको सुरक्षामा काठमाडौंतर्फ ल्याइँदै गरेको दुईवटा ट्रकबाट किसानले मल लुटेको सूचना पाएको बताए।

‘सशस्त्र प्रहरीको सुरक्षाबाट कसरी मल लुटियो, हामी अनुसन्धान गर्दैछौं’ उनले भने ।शनिबार दिउँसो मल बोकेको ट्रक काठमाडौंतर्फ जाँदै गरेको सूचना पाएपछि धार्केमा राजमार्गमा ४/५ सय किसान भेला भएका थिए। मल बोकेको ट्रक आइपुग्नेवित्तिकै किसानले ट्रक रोकेर मल लुटेर लगेका हुन्।

त्यस क्रममा सशस्त्र प्रहरीले किसानहरुमाथि कुटपिट गरेको थियो। सामाजिक सञ्जालमा सार्वजनिक एक भिडियोमा सशस्त्र प्रहरी कर्मचारीले ट्रकबाट मल झिक्दै गरेको अवस्थामा एक महिलामाथि बन्दुकको कुन्दाले हिर्काइरहेको देखिन्छ। किसानले धेरैजसो मल लगिसकेपछि प्रहरी घटना स्थलमा आएको थियो। त्यसपछि उसले मललाई नियन्त्रणमा लिएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.