Advertisement

श्रीमानसहित अमेरिकाको न्युयोर्क पुगेकी बीमाले भनिन् ,’ म जस्तो रोएर कोही हिँड्नु नपरोस्’

0 175

Advertisement

१८ जेठ, काठमाडौँ । छुट्यो मायाजाल, माझी दाइ पोखरा, जम्मु कश्मीरमा, हङकङ आईडीले, खैरेनीमा गेट, वनको काफल वनकै चरीलाई, यो दाजुको मिर्मिरे आँखा, पानसमा बत्ती बालेको, दमौलीमा गेट जस्ता चर्चित गीतहरु मार्फत गीतसंगीतमा स्थापित भएकी गायिका बीमाकुमारी दुराले बाँकी जीवन अमेरिकामा बिताउने निर्णय गर्दै नेपाल छाडेपछि सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेकी छिन् ।

केही दिनअघि उनी श्रीमानसहित अमेरिकाको न्युयोर्क पुगेकी बीमाले बाध्यताले देश छाडेको बताएकी छिन् ।

न्युयोर्कमा छोरीसँगै बस्ने निर्णयका साथ अमेरिका पुगेकी बीमाले सार्वजनिक गरेको भिडियोमा उल्लेख गरेकी छिन ,‘मेरै देशले जन्मायो । मेरै देशले हुर्कायो । मेरै देशको माटोले मलाई सिन्दूर पहिर्‍यायो । तर बाध्यता पनि यस्तो कि यस्तो कहिल्यै नहोस्, नेपाली जनताले सेवा पाऊन् ।’

उनले आफू जस्तो रोएर हिँड्नु नपरोस् मेरो देशको जनताले समेत भनेकी छिन् । ‘जय देश, जय नेपाल प्यारो छ मलाई । मलाई हुर्काइदियौ, फुर्काइदियौ । मलाई सात समुन्द्रसम्म घुमाइदियौ । धन्यवाद मेरो नेपाललाई । तर न्याय कहाँ छ भन्न चाहन्छु’ उनले भनेकी छिन् ।

लमजुङको दुराडाँडामा जन्मिएकी दुरा कुनै समयकी नम्बर एक लोकदोहोरी गायिका हुन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.