Advertisement

२३ वर्ष कान्छी प्रेमिकासँग एलन मस्क

0 358

Advertisement

१८ जेठ, एजेन्सी । केही समय यता एलन मस्क सामाजिक सन्जाल ट्विटर किनेको विषयका कारण चर्चित छन् । त्यसो त विश्वकै धनी व्यक्तिहरुको सूचीमा रहेका मस्क बारम्बार मूलधारका मिडियामा पनि खबर बनिरहेका हुन्छन् ।

यहीबीच उनी आफ्नी नयाँ प्रेमिकासँग देखिएको समाचारले अहिले प्राथमिकता पाएको छ ।

मस्क उनकी नयाँ प्रेमिका अष्ट्रेलियाकी अभिनेत्री नताशा बेसेटसँग फ्रान्समा देखिएका हुन् । डेलीमेलमा छापिएको एक रिपोर्टअनुसार उनीहरु दुई जना केही दिन यता फ्रान्समा छन् ।

२७ वर्षकी नताशा र ५० वर्षका मस्कको यो पहिलो भेट नभएको पनि दाबी गरिएको छ । अभिनेत्री नताशा अहिले न्युयोर्कमा रहने गरेको र उनले फिल्ममा अभिनयका साथै निर्देशन पनि गर्ने गरेको मिडियाहरुले उल्लेख गरेका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.