Advertisement

संविधान जारी भएपछि १६१ ऐन निर्माण

0 132

Advertisement

१५ जेठ, काठमाडौँ । नेपालको संविधान जारी भएपछि १६१ ऐन, ४४ अध्यादेश, २६३ नियमावली र ६२ वटा गठन आदेश जारी भएको छ । सरकारले आज सार्वजनिक गरेको मन्त्रालयगत प्रगति विवरण–२०७९ मा सो विषय उल्लेख गरिएको छ ।

नेपालको संविधान, सङ्घीयताको मर्म र अदालतको आदेशबमोजिम नयाँ ऐन निर्माणका लागि १९४ विषयमा अवधारणापत्रमा सैद्धान्तिक सहमति प्रदान गरिएको समेत प्रगति विवरणमा उल्लेख छ ।

मौलिक हक कार्यान्वयका लागि आवश्यक पर्ने २४ वटा ऐन जारी भएको र उक्त ऐनअन्तर्गतका नियमावलीहरु जारी भएको छ । मानव अधिकार पुरस्कार कोष सञ्चालन नियमावली, २०७५ जारी गरी यस आवदेखि पुरस्कार वितरणको सुरुआत गरिएको उल्लेख छ ।

प्रगति विवरणमा एकीकृत कानुनी सहायता नीति, २०७६ जारी भएको र पाँचवटा विधेयकको अवधारणापत्रका सैद्धान्तिक सहमति तथा १० वटा विधेयकको मस्यौदामा तर्जुमा सहमति प्रदान गरिएको, नियमावली, गठन आदेश, निर्देशिका गरी ३९ वटा कानुन मस्यौदा तर्जुमा तथा सहमति प्रदान गरिएको उल्लेख छ ।

न्याय सम्पादनमा अदालतमा हुने लामो अदालती प्रक्रियालाई छिटो र सरल बनाउन एक अध्ययन कार्यदल गठन गरी सो कार्यदलबाट प्रतिवेदनसमेत प्राप्त भइसकेको उल्लेख छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.