Advertisement

स्याङ्जा दुर्घटना : मृतकको संख्या १३ पुग्यो, उकालोमा तान्न नसक्दा पल्टियो जिप

0 330

Advertisement

३० बैशाख, काठमाडौं । स्याङ्जाको वालिङमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । स्याङ्जाको वालिङ १४ स्थित अर्खलाबासमा जिप दुर्घटनामा परेको हो ।

ग २ च ३०२६ नम्बरको जिप दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए ।

पौडेलले दिएको जानकारीअनुसार मृतकको संख्या १३ पुगेको छ । जिपमा २६ बढी यात्रु रहेको बताइएको छ । ती सबै मतदाता रहेको उनले जानकारी दिए । मतदाता बोकेर केन्द्रतर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको हो ।

‘‘१३ जनाको मृत्यु पुष्टि भइसकेको छ । १२ जना घाइतेलाई पोखरा रिफर गरिएको छ । एकजना बेहोस अवस्थामा थिए, अहिले मृत्यु भएको भनिएको छ । तर उनलाई पनि पोखरा रिफर गरिएको छ,” उनले भने ।

स्थानीय प्रकाश डुम्रेका अनुसार उकालो बाटोमा तान्न नसक्दा जिप दुर्घटना भएको हुन सक्ने धेरैको अनुमान छ ।

“बाटो निकै ठाडो रहेछ,” उनले भने, “ठाडो उकालोमा गाडीले तान्न नसकेको भन्ने देखियो । गाडी करिब पाँच सय मिटर तल खसेको छ, उकालोमा तान्न नसक्दा दुर्घटना भएको देखिन्छ ।”

उनका अनुसार तल्लो बाटोमा जिप अडिएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.