Advertisement

मतदान गर्ने दिन आज कस्तो रहला मौसम ? आज यी स्थानमा वर्षा हुने

0 205

Advertisement

३० बैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनको दिन आज मौसममा बदली हुने सम्भावना देखिएको छ ।

मौसम विभागले स्थानीय निर्वाचन २०७९ का लागि विशेष मौसम पूर्वानुमान बुलेटिन सार्वजनिक गर्दै यसबारे जानकारी गराएको हो ।

आज बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रहनेछ ।

अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने विभागले जनाएको छ ।

यस्तै प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

अन्य प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.