Advertisement

आज – ३० बैशाख २०७९ शुक्रवार को राशिफल

0 347

Advertisement

२०७९ वैशाख ३० गते, शुक्रवार, १३ मे २०२२। वैशाख शुक्लपक्ष द्वादशी तिथि, १४ः२० बजेदेखि त्रयाेदशी। हस्त नक्षत्र, १६ः४२ बजेपछि चित्रा। चन्द्रराशि– कन्या।

मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ

वैधानिक प्रावधानले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। केही चुनौतीहरू देखिनेछन्। काममा सोचेको फाइदा उठाउन नसकिएला। प्रतिस्पर्धी बढ्नाले समस्या थपिएलान्। चिताएका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्ला। फजुल खर्चका साथै ठगीमा परिने योग भएकाले होसियार रहनुहोला।

वृष – TAURUS इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। अध्ययनमा राम्रो उपलब्धि हासिल हुनाले बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीले राम्रो साथ दिनेछन्। फाइदाको स्रोत पहिल्याउन सकिनेछ।

मिथुन – GEMINI का, कि, कु, घ, ङ, छ, के, को, ह

तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। धेरै फाइदा उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्न सकिनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। प्रतिष्ठित व्यक्तिकाे सहयाेग जुट्नेछ। टाढिएका आफन्त नजिकिनेछन्। समाजमा तारिफयोग्य काम गर्न सकिनेछ। घर–परिवारमा मेलमिलाप र आत्मीयता बढ्नेछ।

कर्कट – CANCER हि, हु, हे, हो, डा, डि, डु, डे, डो

परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। लेनदेनमा अलि होसियार रहनुहोला। दिगो काम प्रारम्भ गर्न केही समय पर्खनुपर्ने देखिन्छ। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ दिलाउनेछ।

सिंह – LEO मा, मि, मु, मे, मो, टा, टि, टु, टे

अवसर आए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। खर्च हुने डरले सताउन सक्छ। सामान्य आम्दानी भए पनि काम पूर्ण सम्पादन नहुन सक्छ। आफ्ना कमजोरीबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। तापनि सम्पादित कामबाट केही धन लाभ हुनेछ। मिहिनेतले आम्दानी बढ्नेछ। तर, विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने परिस्थिति आउन सक्छ।

कन्या – VIRGO टो, प, पि, पु, ष, ण, ठ, पे, पो

परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। भेटघाटमा अलमलिनाले काममा बाधा हुनेछ। अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। तापनि मिहिनेत गर्दा पछिका लागि काम गर्न सकिनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। सानातिना समस्यामै अल्झनुपर्नेछ। अरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्।

तुला – LIBRA र, रि, रु, रे, रो, ता, ति, तु, ते

केही मात्रामा खर्च बढ्नेछ भने व्यवसायमा लगानी बढाउनुपर्ला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। अर्थअभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। टाढाका साथीभाइले काममा साथ दिनेछन्। दिगाे काममा जग बसाउन सकिनेछ।

वृश्चिक – SCORPIO तो, ना, नि, नु, ने, नो, या, यि, यु

आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। पढाइमा प्रगति हुनेछ भने नयाँ ज्ञान प्राप्त हुने योग छ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुनेछ। सञ्चित धनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ।

धनु – SAGITTARIUS ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

समयमा निर्णय लिन नसक्दा पुरानै काम दोहोर्याउनुपर्ला। नियमित काम सम्पादन भए पनि निर्णायक मोडमा दुविधा उत्पन्न हुनेछ। बेसुरमा काम गर्दा समस्या पर्नेछ। तापनि, लगनशीलताले काम सम्पादन हुनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। भविष्यका लागि भने कामको जग बसाउने मौका छ।

मकर – CAPRICORN भो, ज, जि, खि, खु, खे, खो, गा, गि

श्रम परे पनि तारिफयोग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ। धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। परिस्थिति अनुकूल हुनाले रोकिएको काम बन्न थाल्नेछ।

कुम्भ – AQUARIUS गु, गे, गो, सा, सि, सु, से, सो, द

उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। स्वास्थ्य कमजाेर रहे पनि कामको चाप बढ्नेछ। अर्थका हिसाबले पनि दिन कमजोर रहला। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। पहिलेकाे समस्या सुल्झाउन निकै परिश्रम गर्नुपर्ला। सहयोग गर्नेहरू कमै भेटिनेछन्। धेरै लगानी गर्दा थोरै फाइदा हुनेछ। हुलमुलमा धनमाल जोगाउन सजग रहनुहोला।

मीन – PISCES दि, दु, थ, झ, ञ, दे, दो, च, चि

मन मिल्ने साथीभाइ भेटिए पनि वादविवादले सम्बन्ध कमजाेर बनाउन सक्छ। तापनि, कामको चापबाट फुर्सद पाइनेछ। विभिन्न सहयोग र उपहार हातलागी हुनेछन्। तर, गलत व्यक्तिको विश्वास गर्दा काम रोकिन सक्छ। पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला। विशेष उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। भाेगविलासमा खर्च बढ्नेछ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.