Advertisement

जिल्ला फर्कदै मतदाता

0 157

Advertisement

२७ वैशाख, काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिएसँगै बागमती प्रदेशको राजधानी हेटौँडालगायत मकवानपुर जिल्ला बाहिर रहेका मतदाता मतदानका लागि आउन थालेका छन् । रोजगारी, व्यवसाय र कामको सिलसिलामा बाहिर रहेका मतदाता आउन थालेका हुन् । छिमेकी मुलुक भारत र आफ्नै देशका विभिन्न स्थानमा रहेका यस क्षेत्रका बासिन्दा मतदानका लागि आउने क्रम जारी छ । जिल्लामा एक उपमहानगरपालिका र एक नगरपालिकासहित आठ गाउँपालिका गरी १० वटा स्थानीय तह छ । नेकपा (एमाले) नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र राप्रपालगायतका राजनीतिक दलले आसन्न स्थानीय तहको निर्वाचनमा आ–आफ्नो पार्टीबाट उम्मेदवारी दिएका छन् । आसन्न निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित १० स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आइसकेको छ । निर्वाचनका लागि प्राविधिक काम सुरु भइसकेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो । उक्त कार्यालयको सञ्चालनसँगै निर्वाचनको लागि प्रशासनिक र राजनीतिक गतिविधि बढ्दै गएको छ । मकवानपुरमा हेटौँडा उपमहानगरपालिकामा सबैभन्दा बढी र इन्द्रसरोवर गाउँपालिकामा सबैभन्दा कम मतदाता रहेको बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडाले जनाएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा मकवानपुरमा दुई लाख ९४ हजार ९१९ मतदाता छन् । जसमा एक लाख ४९ हजार ९५४ पुरुष तथा एक लाख ४४ हजार ९५९ महिला र छ अन्य मतदाता रहेको बताइएको छ । जिल्लाको १० वटा स्थानीय तहमध्ये सबैभन्दा बढी मतदाता हेटौँडा उपमहानगरभित्र रहेका छन् । हेटौँडामा ५० हजार ७२५ पुरुष र ५३ हजार ७४५ महिला तथा तीन जना तेस्रोलिङ्गीसहित एक लाख चार हजार ४७३ मतदाता रहेका छन् । यसैगरी सबैभन्दा कम मतदाता इन्द्रसरोवर गाउँपालिकामा रहेको छ । सो गाउँपालिकामा छ हजार ४६५ पुरुष र छ हजार छ महिला गरेर कूल १२ हजार ४७१ मतदाता रहेका छन् । थाहा नगरपालिकामा १६ हजार ६९९ पुरुष र १५ हजार ६०७ महिला र एक तेस्रोलिङ्गी गरी कूल ३२ हजार ३०७ मतदाता छन् । कार्यालयबाट प्राप्त विवरणअनुसार वकैया गाउँपालिकामा १५ हजार ५९३ पुरुष र १४ हजार ३४८ महिला र अन्य दुई गरी २९ हजार ९४३ मतदाता छन् । बागमती गाउँपालिकामा ११ हजार १९० पुरुष र १० हजार ८५० महिला गरी कूल २२ हजार ४० मतदाता रहेका छन् । भीमफेदी गाउँपालिकामा आठ हजार ९३५ पुरुष र आठ हजार ४९३ महिला गरी १७ हजार ४२८ कूल मतदाता रहेका छन् । मनहरि गाउँपालिकामा १३ हजार ७०९ पुरुष र १३ हजार १२ महिला गरी कूल २६ हजार ७२१ कूल मतदाता रहेको बुझिएको छ । त्यस्तै मकवानपरगढी गाउँपालिकामा नौ हजार ८९९ पुरुष र नौ हजार २१९ महिला गरी कूल १९ हजार ११८ मतदाता छन् । जिल्लाको विकट राक्सिराङ गाउँपालिकामा आठ हजार ७४७ पुरुष र सात हजार ८५ महिला गरी १५ हजार ८३२ मतदाता छन् भने कैलाश गाउँपालिकामा सात हजार ९९२ पुरुष र छ हजार ५९४ महिला गरेर १४ हजार ५८६ कूल मतदाता रहेका छन् । जिल्लामा १६५ मतदानस्थल र ३५६ मतदान केन्द कायम भएको छ । त्यसका लागि निर्वाचनमा चार तहको सुरक्षा संयन्त्रण र एक हजार ४७१ म्यादी प्रहरीको परिचालन गरिने मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो । जिल्लामा १९ मतदानस्थल अति संवेदनशील रहेकाले त्यसको सुरक्षा प्रबन्ध मिलाइने पाण्डेले बताउनुुभयो । मकवानपुरमा नगरपालिका र गाउँपालिका गरी १० स्थानीय तह रहेको त्यसका लागि प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षसहित २० पद र १०२ वडाका लागि वडाध्यक्षसहित सदस्य गरी ५१० पदको निर्वाचन हुने बताइएको छ । निर्वाचनका लागि एक हजार ७६७ कर्मचारी खटिने निर्वाचन कार्यालयले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.