Advertisement

रहिनन् स्वर्ण विजेता खेलाडी सन्जु

0 252

Advertisement

२७ बैशाख, काठमाडौं । तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपाललाई स्वर्ण पदक दिलाउने भारोत्तोलन खेलाडी सन्जु चौधरी आज मृतावस्थामा भेटिनुभएको छ ।जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले आज बिहान कोठाभित्र झुण्डिएको अवस्थामा चौधरी फेला परेको बताउनुभयो । उहाँका अनुसार चौधरी बस्ने कोठाको भित्रबाट चुकुल लगाएको थियो ।

प्रहरी उपरीक्षक शाहले प्रारम्भिक अनुसन्धानमा चौधरीले आत्महत्या गरेको हुनसक्ने जनाउँदै थप अनुसन्धानपछि सत्यतथ्य पत्ता लाग्ने बताउनुभयो । उहाँले चौधरीको शव परीक्षणका लागि पाटन अस्पताल लगिएको जानकारी दिनुभयो । खेलाडी चौधरी ललितपुरको लुभुस्थित भारोत्तोलन प्रशिक्षक सञ्जय महर्जनको घरमा कोठा भाडामा बस्दै आउनुभएको थियो ।

१९औँ एसियाली खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक चरणमा छनोट हुनुभएकी चौधरी बन्द प्रशिक्षणमा सामेल हुन काठमाडौँ आउनुभएको थियो । बाँके घर भएकी अविवाहित चौधरीले सन् २०१९ मा नेपालमा नै आयोजना भएको १३आँै सागमा महिला ५९ केजी तौल समूहमा स्वर्ण पदक जित्नुभएको थियो । उहाँले श्रीलङ्काको खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक जित्नुभएको हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.