Advertisement

सिई कन्स्ट्रक्सन प्रालि ३० औ वर्ष पूरा गरी ३१ औं वर्षमा प्रवेश

0 439

Advertisement

११ वैशाख, काठमाडौं । देशभरिकै निर्माण क्षेत्रको अग्रणी कम्पनी सिई कन्स्ट्रक्सन प्रालि ३० औ वर्ष पूरा गरी ३१ औं वर्षमा प्रवेश गरेको छ ।

वार्षिकोत्सवको अवसरमा कम्पनीका अध्यक्ष तथा प्रवन्ध निर्देशक विजय राजभण्डारीले कम्पनीका आगामी १० वर्षको लागि रोडम्याप प्रस्तुत गरे । उनले कम्पनीले प्राप्त गरेका उपलब्धीहरुहरुबारे पनि चर्चा गरे ।

साथसाथै यस क्रममा आइपर्ने विभिन्न चुनौतीहरुको सामना गर्दै कसरी यो उचाइसम्म पुग्न सफल भयो भनी स्मरण पनि सुनाए । उनले अबको १० वर्षमा कम्पनी कस्तो बनाउने भावनी योजनाबारे पनि जानकारी गराए ।

कम्पनीले ‘टाइम’, ‘कस्ट’ र ‘क्वालिटी’मा विशेष ध्यान दिने गरेको अध्यक्ष राजभण्डारीले बताउँछन् ।

‘हामीले समय, क्वालिटी, प्रोजेक्ट म्यानेजमेन्टलाई विशेष ध्यान दिन्छौं,’ उनले भने, ‘पैसा तिरेपछि त्यही अनुसारको प्रोडक्टको आशा राख्नु स्वभाविक नै हो ।

प्रोजेक्टका लगानीकर्ताको आशा र चाहना अनुसार हामीले गुणस्तरीय काम समयमा नै सम्पन्न गर्ने गरेका छौं ।’

कम्पनीका अपरेशन डाइरेक्टर गोपाल मानन्धरले कम्पनीले आफ्नो काम गुणस्तरीय रुपले गरेको कारणले गर्दा नै उत्कृष्ट हुन सकेको जनाए ।

यो गुणस्तरलाई अझ समयसापेक्ष अझै बढाउँदै लाने उनले बताए । कम्पनीलाई निर्माण क्षेत्रमै एक उदाहरणीय बनाउनको लागि सम्बन्धित विभागका सबैलाई उनले निर्देशन दिए ।

कम्पनीका जनरल म्यानेजर शम्भु फुँयालले आफ्नो ३० वर्षको कार्यकालमा कम्पनीले कसरी आज यो उँचाई प्राप्त गर्न सफल भयो भन्ने आफ्नो अनुभव बाँंडनुभयो ।

कम्पनीका फाइनान्स डाइरेक्टर श्याम मिलन श्रेष्ठले अहिलेको विषम् परिस्थितिमा पनि कसरी कम्पनीले आफ्नो आर्थिक गतिविधिलाई चलायमान राख्न सक्यौ भन्ने प्रष्ट पार्दै सभालाई समापन गरेका थिए ।

सो अवसरमा कम्पनीले कम्पनीमा कार्यरत एक सय २६ जना कर्मचारीहरुलाई नगदका साथै सम्मानपत्र प्रदान गरी सम्मान गरियो । १० वर्ष पूरा गरेका ४० जना, १५ वर्ष पूरा गरेका २७ जना, २० वर्ष पूरा गरेका ४५ जना, २५ वर्ष पूरा गरेका १२ जना र ३० वर्ष पूरा गरेका दुई जनालाई सम्मान गरिएको हो ।

सिई कन्स्ट्रक्सन प्रालि नेपालको प्रसिद्ध निर्माण कम्पनी हो । काठमाडौंसहित देशका मुख्य शहरमा रियलस्टेटमा काम गर्ने अग्रणी कम्पनीमा सिई अग्रणी कन्स्ट्रक्सनमा पदर्छ । कम्पनीले अहिले देशभर विभिन्न क्षेत्रमा दर्जनौं ठूला प्रोजेक्टमा काम गरिरहेको छ ।

कम्पनीले स्थापनाको ३० वर्षसम्ममा सयौं प्रोजेक्ट सम्पन्न गरिसकेको जनाएको छ । यसका जोइन्ट भेन्चर ३० भन्दा बढी छन् । सिइ आइएसओ सर्टिफाइड कम्पनीसमेत हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.