Advertisement

थप १३ जनामा कोरोना संक्रमण, २६९ जना सक्रिय संक्रमित

0 243

Advertisement

११ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १४४ जनाको पीसीआर परीक्षणमा ११ जना र १ हजार १११ जनाको एन्टीजेन परीक्षणमा २ जना गरी १३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट २५ जना निको भएका छन् भने हाल देशभर २६९ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २६७ जना होम आइसोलेसनमा रहेका छन् भने २ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ९२४ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६६ हजार ५२३ जना संक्रमणमुक्त भएका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.