Advertisement

करिव तीन बर्षपछि राखेपको बोर्ड बैठक आज बस्दै, मुख्य एजेन्डा एशियन गेम्स र नवौं राष्ट्रिय खेलकुद

0 313

Advertisement

०९ बैशाख, काठमाडौं । करिव तीन बर्षपछि राष्ट्रिय खेलकुद परिषद्को बोर्डको बोर्ड बैठक आज बस्दैछ । राखेपमा सदस्यसचिव टंक लाल घिसिङको प्रस्तावमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले आजको लागि बोर्ड बैठक बोलाएका छन् ।

तर आजको बैठकमा अदातलबाट अल्पकालिन अन्तरिम आदेश लिएर आएका पाँच जना सदस्यले भने सहभागिता जनाउन नपाउने भएका छन् । जसका कारण उनीहरुले आफुहरु सहभागि हुनका लागि निवदेन समेत गरेका थिए ।

राखेपमा दुई वटा सदस्यसचिव परिवर्तन हुँदा बस्न नसकेको बोर्ड बैठक तीन बर्षपछि आज बस्न लागेको हो । जसमा आजको बैठकमा मुख्य गरेर दुई वटा एजेन्डा हुनेछन् ।

सदस्यसचिव घिसिङले नवौं राष्ट्रिय खेलकुद र १९ औं एशियन गेम्सको सहभागिताका बिषयमा मुख्य एजेन्डा बनाएका छन् । पछिल्लो पटक घिसिङले एशियन गेम्समा कति खेल समावेश गर्ने भन्ने विषयमा विभिन्न निकायसँग छलफल गरेका थिए । यस्तैमा पदकको संभावना भएका खेललाई मात्र सहभागिता गराउने की भन्ने विषयमा पनि छलफल भएको थियो ।

यता नवौं राष्ट्रिय खेलकुदमा ३८ खेललाई सहभागिता गराउने बिषयमा बैठकमा प्रस्ताव जाने भएको छ । केहि दिन अगाडि सात प्रदेशका कार्यकारीसँगको बैठकबाट सो खेलको प्रस्ताव आएको थियो ।

जसमा भलिबल, फुटबल, क्रिकेट, बास्केटबल, कबड्डी, हक्सी, खोखो, चेस, ह्याण्डबल, ट्रायथलन, गल्फ, प्याराग्लाइडिङ, रग्बी, डान्स स्पोर्टस, एथ्लेटिक्स, इ स्पोर्टस, बक्सिङ, तेक्वान्दो, भारत्तोलन, कराँते, सेपाक्टाक्रो, टेबल टेनिस, कुस्की, ब्याटमिन्टर, उसु, जुडो, आईटिएफ, फुल कन्ट्याक्ट कराते, स्क्वास, सुटिङ, जिम्नास्टिक, लन टेनिस, सफ्ट टेनिस, आर्चरी, फेन्सिङ, बडिबिल्डिङ र पौडी रहेका छन् ।

नवौं बृहत राष्ट्रिय खेलकुद जेठ २२ देखि २८ सम्म गण्डकी प्रदेश हुने तालिका छन् । यता चीनमा हुने एशियन गेम्सका लागि आयोजकले तयारी पुरा गरे पनि नेपालले खेलाडीको तयारी सुरु गर्न सकेको छैन । युवा तथा खेलकुद मन्त्रालयमा हुने बैठक बिहान ११ बजेबाट बस्ने बताइएको छ । अन्तिम पटक राखेपको बोर्ड बैठक २०७६ सालको सुरुवातमा बसेको थियो ।
त्यसपछि दक्षिण एशियाली खेलकुद साग हुँदा पनि बोर्ड बैठक बस्न सकेको थिएन । त्यसपछि तत्कालिन सदस्यसचिवले वीचमा एक पटक बोर्ड बैठकका लागि आह्वान गरेपनि त्यो बस्न सकेकाे थिएन ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.