Advertisement

भारतको बैंक अफ बरोडालाई स्वर्ण

0 240

Advertisement

१६ चैत, काठमाडौं । भारतको बैंक अफ बरोडाले चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको महिला टिम इभेन्टमा मंगलबार स्वर्ण जितेको छ ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा बरोडाले भारतकै अन्सुल गर्ग एकेडेमी (एजीए) लाई ३–१ ले पराजित ग¥यो । बरोडाले ३ सिंगल्समा जित हात पा¥यो भने डबल्स स्पर्धा गुमायो ।

सिंगल्समा बरोडाकी इशाले एजीएकी फिल्जाहलाई १२–१०, १२–१०, १०–१२ र १२–१०, गत संस्करणकी सिंगल्स विजेता बरोडाकी ममता प्रभुले त्रिशालाई ११–९, ११–३, १०–१२ र १५–१३ तथा पुनः ममताले फिल्जाहलाई ११–५, ११–७ र ११–४ को सेटमा हराए । डबल्समा एजीएका फिल्जाह र त्रिशाको जोडीले बरोडाका ममता र इशाको जोडीलाई ११–५, ११–९, ६–११ र ११–८ ले पन्छ्याउदै सान्त्वना जित निकाले ।

पहिलो दिन पुरुष सिंगल्सका लिग चरणका खेलहरु पनि भए । उक्त स्पर्धामा सहभागी ८८ खेलाडीलाई १६ समूहमा विभाजन गरी खेल खेलाइएको छ । त्यसबाट १६ खेलाडीले नकआउट चरणमा स्थान बनाउने छन् ।

सम्झना ल्याबको प्रमुख प्रायोजन तथा स्पिन इभेन्ट प्रा.लि. को व्यवस्थापनमा भइरहेको प्रतियोगितामा पुरुष÷महिला सिंगल्स र टिम तथा भेट्रानको पुरुष ४० वर्षमाथि र ५५ वर्षमाथि गरी ६ स्पर्धामा समावेश छन् । सिंगल्स र टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १०÷१० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । भेट्रानतर्फ विजेतालाई १० हजार, उपविजेतालाई ५ हजार तथा तेश्रोलाई २ हजार ५ सय नगदबाट पुरस्कृत गरिने छ ।

प्रतियोगितामा नेपालबाट ३ सय ४७ तथा भारतबाट ३८ खेलाडीको सहभागिता रहेको आयोजक ललितपुर जिल्ला टेबलटेनिस क्लबले जनाएको छ । अखिल नेपाल टेबलटेनिस संघको तत्वावधानमा भइहरहेको प्रतियोगिता शनिबारसम्म चल्ने छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.