Advertisement

म लुकेको छैन, डराएको पनि छैन – जेलेन्स्की

0 336

Advertisement

पुटिनलाई जेलेन्स्कीको चुनौती

२६ फागुन, किभ । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले कुनै हालतमा पनि आफू राजधानी किभ छाडेर नजाने प्रतिज्ञा गरेका छन् । यति मात्र नभएर उनले रुसी राष्ट्रपति पुटिनलाई चुनौति दिँदै आफू बसिरहेको ‘लोकेसन’ समेत खुलाएका छन् ।

सामाजिक संजालमा यसबारे पोस्ट गर्दै उनले लेखेका छन्, “म बान्कोभा स्ट्रिटमा छु । म लुकेको छैन म कसैसँग डराएको छैन ।”

बन्कोभा स्ट्रिट भनेको राष्ट्रपति भवन तथा कार्यालयहरु भएको ठाउँ हो । यसमा उनको क्यामराले राष्ट्रपति कार्यालय अगाडिको सडक पारि देखाइरहेको थियो ।

यसका साथै उनले रुसलाई अहिले नै नरोक्ने हो भने नेटोका अन्य सदस्य राष्ट्रहरुको पनि यस्तै हालत हुने चेतावनी समेत दिएका छन् ।

एबीसी न्युजसँग बोल्दै उनले भनेका, “पहिलो शिकार हामी भयौँ अब दोस्रो तपाईँहरु जोकोही पनि हुन सक्नुहुन्छ । किनकी राक्षसले जति धेरै खायो उसलाई झन् झन् बढी चाहिनेछ । ”

यसरी युद्ध सुरु भएदेखि एकै हप्तामा तीनपटक हत्याको प्रयासबाट बचेका जेलेन्स्कीले अझै पनि किभ नछाड्ने अडान कायम राखेका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.