Advertisement

रुस–युक्रेन युद्ध : महिला र बालबालिका संकट विषयमा गोष्ठी

0 338

Advertisement

२४ फागुन, काठमाडौं। मानवअधिकार तथा शान्ति समाज काठमाडौं शाखाले अन्तराष्ट्रिय नारी दिवसका अवसरमा रुस–युक्रेन युद्ध : महिला र बालबालिका संकट विषयमा गोष्ठी गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट पूर्वमन्त्री अम्बिका बस्नेतले शान्ति समाजले विश्व शान्तिका लागि निर्वाह गरेको योगदान विशिष्ट रहेको बताउनु हुँदै महिला सशक्तिकरणको आन्दोलनमा महिला स्वंय अघि बढ्नुपर्ने कुरामा जोडदिनु भएको थियो ।

साथै कार्यक्रममा सांसद सरित न्यौपानेले जुनसुकै युद्धमा महिला अधिकार हननले सीमा नाघ्ने गरेको बताउनु हुँदै युद्धको सम्भावना अन्त्यतर्फ नेपालको भूमीबाट समेत विशेष योगदान हुनुपर्ने चर्चा गर्नुभयो ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे, उपमेयर शान्ति नेपाल, प्राचार्य महेन्द्र भट्टराई, शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनी, गोकर्णेश्वर नगरपालिकाका वडा नं. ८ का अध्यक्ष मनोज ढुंगाना, शान्ति समाजका उपसभापति कृष्ण ब. रावल, महासचिव रामकृष्ण बरालले रुस–युक्रेन युद्ध अन्त्यका लागि शान्ति समाजले नेपाली भूमीबाट गरेको शान्तिका लागि अपरिहार्य रहेको बताउनु भएको थियो ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका वडा नं. ५ र ६ अध्यक्षहरु नारायण सुवेदी र रमेश अर्याल लगायतका विभिन्न संघसस्थाबाट महिलाहरुको उपस्थिति रहेको थियो ।

शान्ति समाज काठमाडौँ शाखा सभापति भगवान पुडासैनीको सभापतित्वमा सम्पन्न कार्यक्रममा संगिता ढुंगाना दाहालले युद्ध अन्त्यको आवाहन सहित कविता वाचन गर्नुभएको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.