Advertisement

२४ घण्टामा थप ६७ जना सङ्क्रमित, मृत्यु शून्य

0 384

Advertisement

२१ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दुई हजार ६६२ जनाको पीसीआर परीक्षण गर्दा ६७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा तीन हजार ५५८ जनाको एन्टिजेन परीक्षण गर्दा २४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार छ हजार २२० जनामा परीक्षण गर्दा पीसीआर र एन्टिजेन गरेर ९१ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा ३६२ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमण मुक्त हुने दर ९८.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा सङ्क्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । शुक्रबारसम्म मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९४५ पुगेको थियो ।

पछिल्लो २४ घण्टामा मुलुकमा दुई लाख ८६१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै नेपालमा हाल छ हजार ९४७ जना सक्रिय सङ्क्रमित छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.