Advertisement

वैशाखभित्र नयाँ शैक्षिक सत्र : शिक्षामन्त्री पौडेल

0 235

Advertisement

०६ फागुन, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आगामी वैशाखबाटै नयाँ शैक्षिक सत्र सुरु गरिने र जेठ १ गतेबाट कक्षा सञ्चालन हुने बताएका छन् । शान्ति शिक्षा मन्दिर माध्यमिक विद्यालय काठमाडौँ महानगरपालिका–१७ ठहिटीको नयाँ भवनको आज उद्घाटन गर्दै मन्त्री पौडेलले आगामी तीन वर्षभित्र सबै सार्वजनिक विद्यालयका भवन बनाउने पनि बताए ।

“राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत करिब एक हजार ९०० विद्यालय बनेका छन्”, मन्त्री पौडेलले भने, “देशभरका विद्यालयमा के आवश्यकता छ त्यसको आधारमा अब विद्यालयका पूर्वाधार बन्छन् ।”, मन्त्री पौडेलले विद्यालय भवनले मात्रै नहुने भन्दै शैक्षिक गुणस्तरका लागि शिक्षक, अभिभावक र विद्यार्थी लाग्नुपर्नेमा जोड दिए ।

पूर्वाधार निर्माणसँगै ‘पढ्दै कमाउँदै’ कार्यक्रम अघि बढेकाले केही दिनभित्र अर्थ मन्त्रालयबाट बजेट स्वीकृत गरी निवेदन दिएका विद्यालयमा सोही कार्यक्रम जाने पनि उनले बताए ।

शिक्षण सिकाइलाई थप प्रभावकारी बनाउन विद्यालयमा ल्याब, आइसीटी ल्याबको व्यवस्था गरिएको बताउँदै शिक्षक दरबन्दी र १८ वर्षदेखि रोकिएको आन्तरिक बढुवाको काम अघि बढेको बताए । उनले सङ्घीय शिक्षा, प्राविधिक शिक्षा, उच्च शिक्षा ऐनको काम मन्त्रालयले सकेर अर्थ र कानूनमा पठाएको दोहो¥याए ।

वि.सं. २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त भइ नेपाल सरकार र एसियाली विकास बैंकको आर्थिक सहयोगबाट राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) को विपद् उत्थानशील विद्यालय परियोजनमार्फत चार करोड १७ लाखमा २२ कोठे भवन बनेको हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.