Advertisement

कोभिड संक्रमणदर बढेसँगै स्वास्थ्यकर्मी संक्रमित हुने संख्या बढ्याे

0 255

Advertisement

०२ माघ, काठमाडौँ । नेपालमा कोरोना संक्रमण दर बढ्ेसँगै अस्पतालका स्वास्थ्यकर्मी पनि संक्रमित हुन थालेका छन् । केही दिनदेखि काठमाडौँ उपत्यकाका कोभिड अस्पतालमा स्वास्थ्यकर्मी संक्रमित हुने संख्या बढ्दैगएको छ ।

स्वास्थ्यकर्मी संक्रमित हुने संख्या सबैभन्दा बढी त्रिवि शिक्षण अस्पतालमा रहेको छ । अस्पतालका कोभिड फोकल पर्सन डा निरज बमकाअनुसार अस्पतालमा विभिन्न वार्डमा कार्यरत सयभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएका छन् । अस्पतालमा केही दिनदेखि संक्रमित भर्ना हुनेदर बढ्दै गएको बमले बताउनुभयो । उहाँकाअनुसार जेनेरल वार्डमा २६ जना, आइसियु १०, एचडियुमा १० जना संक्रमित उपचाररत रहनुभएको छ ।

स्वास्थ्यकर्मी संक्रमित भएपछि अस्पतालले मेडिकल आइसियु सेवा बन्द गरेको डा बममे जानकारी दिनुभयो । यसरी अस्पतालमा आउने संक्रमित पनि बढ्दै जाने र उपचारमा खटिने स्वास्थ्यकर्मी संक्रमित हुँदा सेवा प्रभावित हुनसक्ने उहाँको भनाई छ । ठूलो संख्यामा स्वास्थ्यकर्मी संक्रमित भएपछि अन्य स्वास्थ्यकर्मीलाई कामको चाप बढेको डा बमले बताउनुभयो ।

त्यस्तै कोभिड युनिफाइड वीर अस्पतालमा पनि पछिल्लो केही दिन यता स्वास्थ्यकर्मी संक्रमित हुनेक्रम बढ्दो छ । अस्पताका प्रमुख डा भुपेन्द्र बस्नेतकाअनुसार अस्पतालमा शुक्रबारसम्म ३० जनाभन्दा बढी स्वास्थ्यकर्मीहरु संक्रमित भएका छन् । त्यस्तै, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा शुक्रबारसम्म ४ जना स्वास्थ्यकर्मी संक्रमित भएको अस्पतालका फोकल पर्सन डा. प्रविन नेपालले जानकारी दिनुभयो ।

शुक्रराज ट्रपिकल तथा शरुवा रोग अस्पतालमा पनि ५ जना स्वास्थ्यकर्मी संक्रमित भएको असपतालका सुचना अधिकृत डा नवराज गौतमलले जानकारी दिनुभयो । त्यस्तै, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा ५ जना स्वास्थ्यकर्मीहरु संक्रमित भएको अस्पतालका फोकल पर्सन डा जितेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

संक्रमित स्वास्थ्यकर्मीहरुको होम आइसोलेसन र अस्पतालमा उपचार भइरहेको छ । प्रायः संक्रमितहरुलाई ज्वरो आउने, शरीर घाँटी दुख्ने, रुघाखोकि लगायतका लक्षणहरु देखिएको छ । यसरी स्वास्थ्यकर्मीहरु नै संक्रमित हुनथालेपछि अस्पतालमा स्वास्थ्यकमीहरुको अभाव हुने देखिएको छ । अस्पतालमका स्वास्थ्यकर्मीह्रुको अभाव हुन नदिन सरकारले कदम चालिसकको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले जानकारी दिनुभयो ।

डा अधिकारीकाअनुसार सरकारले कोरोना संक्रमित बढेसँगै र अस्पतालमा स्वास्थ्यकर्मीहरु संक्रमित हुन थालेपछि स्वास्थ्यकर्मीको अभाव हुन नदिन रिक्त जनशक्तिको व्यवस्थापन एवं करारमा भर्ना भएका स्वास्थ्यकर्मीहरुको म्याद थपका लागि निर्देशन दिइसकेको छ ।

स्वास्थ्य आपतकालीन कार्यसञ्चालक केन्द्रले कोभिड १९ को रोकथाम नियन्त्रण तथा उपचार गर्न स्वीकृत दरवन्दीअनुसार कुनै पद रिक्त भएमा तत्काल जनशक्ति व्यस्थापन गर्न अस्पताललाई निर्देशन दिएको डा अधिकारीले बताउनुभयो । उहाँकाअनुसार करारमा भर्ना भएका स्वास्थ्यकर्मी र कर्मचारीको करार अवधि आवश्यकताअनुसार २०७८ माघ महिनादेखि बढीमा तीन महिनासम्म थप्ने व्यवस्था गरिएको छ । सरकारले आइतबारबाट कोरोना नियन्त्रणमा खटिएका फन्टनलाइनरलाई बुस्टर डोज दिने निर्णय गरेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.