Advertisement

आजको मौसम : देशभर आंशिक बदली, तराईमा हुस्सु र कुहिरो

0 306

Advertisement

३० पुस, काठमाडाैं । पश्चिमी वायूको सामान्य प्रभावले प्रदेश २ तथा बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली भइरहेको छ। त्यसैगरी पश्चिम तथा मध्य तराइका केही स्थानमा हुस्सु / कुहिरो लागेको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) बिहान ६ बजे मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनसमेत अनुरोध गरेको छ ।

२०७८ पौष ३० गते (शुक्रबार)
दिउँसो
: प्रदेश १ र प्रदेश २ तथा सुदूर पश्चिम प्रदेशमा आशिक बदली तथा देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
राती : देशभर आंशिक बदली रहने छ।


२०७८ माघ ०१ गते (शनिवार)
दिउँसो : प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
राती : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने छ।

२०७८ माघ ०२ गते (आइतबार)
दिउँसो :
गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशमा मौसम आंशिक बदली रहने छ।
राती : गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशमा मौसम आंशिक बदली रहने छ।।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.