Advertisement

बार्सिलोनालाई हराउँदै रियल म्याड्रिड सुपर कपको फाइनलमा

0 231

Advertisement

२९ पुस, एजेन्सी । रियल म्यड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा बार्सिलोनालाई ३-२ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

रियललाई जित दिलाउन भिनिसियस जुनियर, कप्तान करिम बेन्जेमा र फेडे भाल्भेर्डेले गोल गरे । बार्सिलोनाका लुक डि जोङ र अन्सु फातीले गोल गरे ।

खेलको २५औं मिनेटमा भिनिसियसले गोल गर्दै रियललाई आग्रता दिलाएका थिए । उनले करिम बेन्जेमाको पासमा गोल गरेका थिए ।

४१औं मिनेटमा लुक डि जोङले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ७२औं मिनेटमा बेन्जेमाले गोल गर्दै रियललाई पुनः अग्रता दिलाए ।
८३औं मिनेटमा अन्सु फातीले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । उनले जोर्डी अल्वाको पासमा गोल गरेका थिए ।

त्यसपछि खेल अतिरिक्त समयमा धकेलियो । ९८औं मिनेटमा भोल्भेर्डेले गर्दै रियललाई फेरि अग्रता दिलाए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल रियलले जित्यो ।

अब रियलले उपाधिका लागि १७ जनवरीमा एट्लेटिको म्याड्रिड र एथलेटिको बिल्वाओबीचको विजेतासँग खेल्दैछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.