Advertisement

शिक्षा र कृषिको विकासमा साझेदारी कार्यक्रम

0 554

Advertisement

१५ पुस, झापा । प्रदेश नं १ कै ठूलो सहकारीका रुपमा स्थापित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले विर्तामोड नगरपालिकासँग मिलेर शिक्षा र कृषिका क्षेत्रमा साझेदारी कार्यक्रम सञ्चालन गर्ने भएको छ । सो कार्यक्रमका लागि सहाराका कार्यकारी निर्देशक महेन्द्र गिरी र नगरप्रमुख धु्रवकुमार शिवाकोटीले सम्झौतामत्रमा हस्ताक्षर गर्नुभएको छ ।

सम्झौतापत्रमा आधारभूत तह कक्षा–१ देखि ५ सम्म प्रविधिमैत्री कक्षा तथा प्रविधिमैत्री शिक्षण सिकाइ कार्यक्रम सञ्चालन, पूर्वाधारयुक्त नगर र विषादीरहित कृषि तथा व्यवसायको अभिवृद्धि र सभ्य तथा स्वस्थ नागरिक बिर्तामोड नरपालिकाको समृद्धि उल्लेख गरिएको छ ।

नगरपालिकाको रु २८ लाख ४० हजार र सहाराको रु १० लाख गरी कूल रु ३८ लाख ४० हजारको लागतमा शैक्षिक विकासका कार्यक्रम गरिने र कृषिका कार्यक्रम लागि पालिकाले रु ४५ लाख र सहाराले रु ४५ लाख गरी रु ९० लाख उपलब्ध गराउने जनाइएको छ ।

दुवै संस्थाका रू २०-२० लाखको लागतमा साना सिँचाइ कार्यक्रमका लागि मोटर बोरिङ वितरण, रु २५-२५ लाखमा पशु विकाससम्बन्धी मासु पसल सुधार, गाईको भकारो तथा गोठ सुधार, बाख्रा र बङ्गुरको भकारो तथा गोठ सुधार गर्नाका साथै काट्ने उपकरण वितरण गरिने सम्झौतापत्रमा उल्लेख छ । यही पुस १४ गते गरिएको सम्झौतापत्रमा सो कार्यक्रमको अवधि विसं २०७९ असार मसान्तमा रहने जनाइएको छ ।

नगरपालिका र सहाराबीच विगत तीन वर्षदेखि विपन्न आवास, शिक्षा र कृषिका क्षेत्रमा साझेदारीमा विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.