Advertisement

नेपाल टेलिकममा २७० जनाको लागि रोजगारीको अवसर

0 736

Advertisement

०३ मंसिर, काठमाडाैँ । नेपाल टेलिकमले विभिन्न २० पदमा २७० जना नयाँ कर्मचारी माग गरेको छ । टेलिकमले शुक्रबार एक सूचना प्रकाशित गर्दै जुनियर टेक्निसियन देखि उपप्रबन्धकसम्म गरेर २७० जनाका लागि रोजगारी खुला गरेको हो ।

टेलिकमले खुला तथा समावेशी, आन्तरिक प्रतियोगिताबाट पदपूर्ति गर्न लागेको हो। टेलिकमले लोक सेवा आयोगबाट सहमति पाएपछि पदपूर्ति प्रक्रिया अघि बढाएको हो ।

टेलिकमले उपप्रबन्धक टेलिकम ३ जना, उपप्रबन्धक लेखा १ जना, उपप्रबन्धक प्रशासन १ जना, वरिष्ठ टेलिकम इन्जिनियर २ जना, वरिष्ठ लेखा अधिकृत ४ जना, वरिष्ठ प्रशासकीय अधिकृत २ जना, वरिष्ठ व्यापार अधिकृत १ जना माग गरेको छ।

त्यस्तै टेलिकम इन्जिनियर (इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन) ४८ जना, टेलिकम इन्जिनियर (कम्प्युटर/इलेक्ट्रिकल) ३२ जना र सिभिल इन्जिनियर ९ जना, सहायक लेखा अधिकृत १३ जना, सहायक प्रशासकीय अधिकृत १३ जना, सहायक व्यापार अधिकृत ११ जना माग गरेको छ ।

त्यस्तै ओभरसियर १५ जना, टेक्निसियन ५३ जना, सहायक २८ जना र जुनियर टेक्निसियन ३४ जनालाई टेलिकममा रोजगारीको अवसर रहेको छ ।

टेलिकमले इच्छुक पदमा अनलाइनबाट आवेदन दिन आह्वान गरेको छ । आवेदन दिने अन्तिम म्याद मंसिर २३ गतेसम्म रहेको छ भने दोब्बर दस्तुर तिरेर पुस १ गतेसम्म आवेदन दिन सकिनेछ ।

आवेदकले नेपाली नागरिकको प्रमाणपत्र, हालसालै खिचेको पासपोर्ट साइज फोटो, दस्तखतको नमूना, शैक्षिक योग्यताको प्रमाणपत्र लगायतका अनलाइनबाट अपलोड गर्नुपर्नेछ ।

आवेदकहरुले टेलिकमको वेबसाइटमार्फत् अनलाइन प्रणालीबाट दरखास्त दिन सक्नेछन्। अनलाइन आवेदन दिएपछि आवेदकहरुले परीक्षा शुल्क नमस्ते पे, कनेक्ट आइपीएस, इसेवा तथा खल्तीबाट भुक्तानी गर्न सक्नेछन्।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.