Advertisement

मुद्दा दर्ता गरी अनुसन्धान सुरु

0 488

Advertisement

०९ कार्तिक, वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका– १३ मूर्लीस्थित कब्रस्तान (मुल्सिमहरुको शव गाड्ने स्थल) बाट गत असोज २१ गते १८ वर्षीया युवतीको शवसहित पक्राउ परेका तीन जनाविरुद्ध प्रहरीले मुद्दा दर्ता गरी थप कारवाही प्रक्रिया अघि बढाएको छ ।

प्रहरीले मुलुकी अपराधसंहिता २०७४ को दफा ९३ अनुसार कसुर लुकाउन खोजेको आरोपमा पर्साको वीरगञ्ज महानगरपालिका– १३ का वडाध्यक्ष तुफान फारुक अन्सारीसहित तीन जनाविरुद्ध मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको हो ।

शङ्कास्पद तरिकाले मृत्यु भएको युवतीको शव कब्रस्थानबाट गाड्न लागिएको अवस्थामा प्रहरीले शवसहित युवतीका बुबा समसुद्दिन अन्सारी, गाड्न लागिएको क्षेत्र वीरगञ्ज महानगरपालिका–१३ का वडाध्यक्ष अन्सारी र पर्साको जगरनाथपुर गाउँपालिकाका नासिर मियाँलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका तीनजना विरुद्ध मुद्दा दर्ता गरी घटनाबारे थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो । मृत्यु पश्चात् शव परीक्षण नगरी केही व्यक्तिको उपस्थितिमा मात्रै युवतीको शव गाडी रहेको बेला प्रहरीले कब्रस्थान पुगेर शवलाई नियन्त्रणमा लिएको थियो । मृतक युवती पक्राउ परेका मियाँका साली हुन् ।

शवलाई नियन्त्रणमा लिए पश्चात् परीक्षणका लागि प्रहरीले शव काठमाडौँ पठाएको थियो । काठमाडौँमा गरिएको परीक्षण रिपोर्टमा ती युवतीको मृत्यु झुण्डिएर भएको थाहा भएको प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिनुभयो ।

सो घटनाबारे थप अनुसन्धान बाँकी रहेको प्रहरीको दाबी छ । मृतक युवतीका बुबालाई घटनाबारे जानकारी हुँदा पनि प्रहरीलाई खबर नगरेको र शव नियन्त्रणमा लिने बेला वडाध्यक्ष अन्सारीले अवरोध पु¥याएको आरोप प्रहरीले लगाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.