Advertisement

दैनिक तीन लाख व्यक्तिलाई कोरोनाविरुद्धको खोप

0 795

Advertisement

११ भदाै, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले नेपालमा दैनिक तीन लाख व्यक्तिले कोरोनाविरुद्धको खोप लगाइरहेको बताउनुभएको छ ।
सरकारले तीव्र गतिमा कोरोना खोप लगाउने कार्यलाई प्राथमिकता दिएको भन्दै उहाँले हालसम्म ९० लाख ७७३ जनाले कोरोनाविरुद्धको खोप लगाइसकेको बताउनुभयो ।

प्रतिनिधि सभा शिक्षा स्वास्थ्य समितिको बैठकलाई सम्बोधन गर्दै श्रेष्ठले सरकारले खोप लगाउने कार्यलाई प्राथमिकतामा राखेको जानकारी दिनुभयो । विकट जिल्लामा खोप लगाउनका लागि प्राथमिकतामा राखेको उल्लेख गर्दै उहाँले जापानले उपलब्ध गराएको पाँच लाखभन्दा बढी मात्रा खोप मौज्दात रहेकाले त्यसलाई विद्यार्थीका लागि छुट्याएर बाँकी खोप लगाउन थालिएको बताउनुभयो ।

राज्यमन्त्री श्रेष्ठले स्वास्थ्य क्षेत्रमा हाल २० हजार जनशक्ति कम भएको उल्लेख गर्दै यसलाई पूर्ति गर्दा कोरोनाविरुद्ध लड्न सहज हुने बताउनुभयो । बैठकमा अधिकांश सांसदले विद्यालय सञ्चालन गर्नका लागि छिटै खोपको व्यवस्था गर्न आग्रह गर्नुभएको थियो । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. आरपी बिच्छाले सङ्क्रमण बढिरहेकोले यसको नियन्त्रणका लागि लाग्नुपर्ने बताउनुभयो । अहिले विद्यालय खोल्न हतार गर्न नहुने भन्दै उहाँले बालबालिकाका लागि खोप आई नसकेकोले विद्यालय खोल्न हतार गर्न नहुने उल्लेख गर्नुभयो ।

विश्वमा १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई मात्र कोरोनाविरुद्धको खोप दिइएको उल्लेख गर्दै उहाँले उक्त समूहका लागि फाइजर र मोर्डनासँग छलफल भइरहेको जानकारी गराउनुभयो ।राज्यमन्त्री श्रेष्ठले सांसदहरूको प्रश्नको जवाफ दिँदै स्वास्थ्य क्षेत्रमा क्रान्ति आवश्यक रहेको भन्दै जनशक्ति अभावका कारण पनि कोभिड नियन्त्रणमा समस्या रहेको बताउनुभयो । उहाँले काठमाडौँ उपत्यकामा ६० हजार विद्यार्थीलाई खोप लगाउने लक्ष्यमध्ये हालसम्म २३ हजारले लगाइसकेको बताउनुभयो ।

कोरोनाविरुद्धको खोप आपूर्ति र खोप लगाउने कार्य सरकारको पहिलो प्राथमिकतामा रहेको उहाँको भनाइ छ । वर्तमान सरकारले कोरोनाविरुद्धको पाँच करोड ३० लाख मात्रा खोपको सुनिश्चितता गरिसकेको जानकारी दिँदै उहाँले प्रदेश १ र प्रदेश २ मा खोप पर्याप्त मात्रामा पठाइएको बताउनुभयो ।

भारतले उपलब्ध गराउन बाँकी रहेको १० लाख मात्रा खोपको विषयमा पनि भारतीय राजदूतसँग छलफल भइरहेको उहाँको भनाइ छ । काठमाडौँ उपत्यकामा १३५ खोप केन्द्रमार्फत खोप लगाउने कार्य भइरहेको भन्दै उहाँले न्यून कर्मचारीका भरमा योजना बनाएअनुसारको काम गर्न नसकिएको बताउनुभयो ।

समितिका सभापति जयपुरी घर्तीले कक्षा १२ को परीक्षा छिट्टै सञ्चालन गर्न र १८ वर्षमुनिका बालबालिकालाई समेत खोप ल्याउन निर्देशन दिएको जानकारी दिनुभयो ।

सभापति घर्तीको अध्यक्षतामा बसेको बैठकमा समितिका सदस्य अञ्जना विसङ्खे, विद्या भट्टराई, गिरिराजमणि पोखरेल, जीवनराम श्रेष्ठ, सरिता न्यौपाने, मानबहादुर विश्वकर्मालगायतले खोपसम्बन्धी विभिन्न जिज्ञासा राख्नुभएको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.