Advertisement

कुलमान आएपछि प्राधिकरणको प्रादेशिक कार्यालय प्रमुखहरु फेरिए

0 1,871

Advertisement

०५ भदाै, काठमाडाैँ । विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त भएपछि कुलमान घिसिङले कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरेका छन् ।

संस्थाभित्र सुशासन र भ्रष्टचारविरुद्ध शून्य सहनशीलता प्राथमिकतामा रहेको घोषणा गरेका घिसिङले ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गत प्रादेशिक कार्यालयका प्रमुखहरुको सरुवा गरेका हुन् ।

सिङले प्रदेश १ को प्रादेशिक कार्यालय विराटनगरको निर्देशकमा राजन ढकाललाई जिम्मेवारी दिएका छन् । प्रशारण लाइन आयोजना निर्माणमा अब्बल मानिएका र अहिले बृहत् प्रसारण लाइन आयोजना हेर्ने जिम्मेवारीमा रहेका ढकाललाई त्यहाँ लगिएको हो । त्यहाँ रहेका टेकनाथ तिवारीलाई बृहत प्रसारण लाइन आयोजना ४ सय केभीको प्रमुखमा ल्याइएको छ ।

प्रदेश २ प्रादेशिक कार्यालय जनकपुरको प्रमुखमा मुनिन्द्र ठाकुरलाई लगिएको छ । लुम्बिनी प्रादेशिक कार्यालय बुटवलको प्रमुख रहेका ठाकुरलाई सबैभन्दा बढी विद्युत चुहावट भएको प्रदेश नं २ मा लगिएको हो । यसअघिको व्यवस्थापनले त्यहाँ मेकानिकल इन्जिनियरलाई पठाएको भन्दै आलोचना भएको थियो ।

जनकपुर कार्यालयका प्रमुख चन्द्रशेखर चौधरीलाई प्राविधिक सपोर्ट विभागमा सरुवा गरिएको छ । चौधरी प्राधिकरणभित्र विद्युतगृहहरु सञ्चालनमा अब्बल मानिन्छन् । एसियाली विकास बैंकबाट लगानी भएका आयोजना कार्यान्वयन गर्ने आयोजना व्यवस्थापन निर्देशनालयमा रहेका नवराज ओझालाई लुम्बिनी प्रादेशिक कार्यालय, बटुवलमा लगिएको छ ।

आयोजना व्यवस्थापन निर्देशनालयमा रहेका केदारराज सिलवाललाई गण्डकी प्रादेशिक कार्यालय पोखरामा सरुवा गरिएको छ । त्यहाँ रहेका श्रीराम पोखरेललाई ऊर्जा दक्षता तथा चुहावट नियन्त्रण विभागको प्रमुखको जिम्मेवारी दिइएको छ ।

विद्युत चुहावट नियन्त्रण महाशाखमा रहेका जंगबहादुर चन्दलाई सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाको प्रमुखमा लगिएको छ । त्यहाँ रहेका जगदिशचन्द्र जोशीलाई कार्यकारी निर्देशकको सचिवालय प्रमुखमा ल्याइएको छ ।

आफ्नो कामको नतिजा देखिने र जनताले महसुस गर्ने वितरण तथा ग्राहक सेवाको सुधारमा लाग्नुभएको छ’ घिसिङको टिमका एक कर्मचारीले भने यसका लागि एक हप्ताभित्रमा सबै शाखा प्रमुखहरुमा नयाँ टिम बनाउने योजना रहेको छ ।’

घिसिङले अब सेवामा सुधार ल्याउने र विद्युत चुहावट नियन्त्रणलाई प्राथमिकतामा राखी शाखा प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गर्ने तयारी गरेका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.