बा हरु अन्तै मस्त
अनमोल गिरी
०५ भदौ, काठमाडौं ।
बा हरु अन्तै मस्त
बिरामि छ घर बा हरु अन्तै मस्त
अल्छी भयो बिकास सुस्त बा हरु अन्तै मस्त
दुखि भयो देश महामारीले चेपिदियो
सपनिमा बिकास भयो बा हरु अन्तै मस्त
सुन्दर महल कल्पनामा युवाहरु खाडि सहर
देशले त घुँडा टेक्यो बा हरु अन्तै मस्त
बाढि पहिरो महामारि पसेको छ सहरमा
राजनितीमा धुलो उड्यो बा हरु उतै मस्त
बागमती चै शुद्ध भयो मेलम्चीमा धुलो पस्यो
घर घरमा कुलो पस्यो बा हरु अन्तै मस्त
बिकासको कुरा मञ्चमा राम्रो
बा हरु मञ्च मै मस्त
भो भो धेरै हल्ला नगर
बा हरु अन्तै व्यस्त
सुकुटीमा सितन खै र ? जनता नै पिउ मस्त
के था र गल्लिका कुरा बा हरु छन अरे अन्तै व्यस्त
व्यर्थ गयो जनयुद्ध बा हरु नै सम्राट भए
कुम्लो पारि ढुकुटी स्वदेश छाडि देश गए
उता उता कल्पनामा सिङगापुरको दम्भ लाग्यो
म बनाउछु मेरो देश धँव्स दिने बा हरु अन्तै मस्त
ढुकुटि चै रित्तो भयो राजनिती त पेसा अरे
अपराधी खै ? बेपत्तापुर !!
बा हरु कतै व्यस्त
भनिदेउ न कोहि हामि नेपाल चाहान्छै सिंगापुर हैन
सुन्दैनन कुरा बा हरु भाषणमै मस्त
सम्झाईदेउ आज कान्तिपुरि भोकमा पुग्दै छ भनि
तर बुद्धको आँखा सोकमा डुब्दै छ भनी
सिंहदरबार सोखमा चुब्दै छ भनी
अनि बा हरु सोखमै छन मस्त
सरमले झुक्यो सगरमाथा उचाइ बढाउने प्रयास
बा हरु नहुने काम गराउनै व्यस्त
गर्व खै कसरी गर्ने वीरहरुको देश भनी
लाज पचेका बा हरु देश बेच्नै मस्त
आफ्नै सहर रहेन खै कता पो छ सिमा क्षेत्र
बा हरु लाई कुर्सी बचाउनै कस्ट
भत्काईदेउ राजदरबार सम्झ्नामा किन राख्नु
बा हरु सम्झनामै मस्त
अन्तै सोखमै व्यस्त