Advertisement

पारिवारिक विवादका मुद्दा सबभन्दा बढी

0 1,017

Advertisement

०४ भदाै, धादिङ । जिल्ला अदालतमा सबैभन्दा धेरै पारिवारिक विवादका मुद्दा दर्ता भएको छ । उक्त विवादका ६३६ मध्ये ३६३ थान मुद्दा फछ्र्योट गरिएको छ । आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्म सम्बन्ध बिच्छेदका ४२८ मुद्दामध्ये२८५, अंशबण्डाका १७२ मध्ये ७०, सम्पत्ती सम्बन्धी १६२ मध्ये ७२, बालबालिकासम्बन्धी ४१ मध्ये १७ र विवाहसम्बन्धी २०मध्ये दुईटा फछ्र्योट भएको छ ।

मुद्दाका प्रकृतिअनुसार फछ्र्योट गर्ने गरिएको र तीमध्ये पारिवारिक विवादका धेरै रहेको स्रेस्तेदार खुमप्रसाद भण्डारीले बताउनुभयो ।जिम्मेवारी सरी आएका र नयाँ गरी एक हजार ४५१ थान मुद्दामध्ये ६९६ फछ्र्योट भएको ७५५ थान फछ्र्योट गर्न बाँकी रहेको उहाँको भनाइ थियो ।

आर्थिक वर्ष ०७५/७६ मा ७२४, ०७६/७७ मा ९५३ र ०७७÷७८ मा एक हजार ४५१ थान मुद्दा दर्ता भएकाले तीन वर्षयता मुद्दा दायर गर्ने क्रम बढ्दै गएको देखिएको छ । दुई वर्ष नाघेका ८२ थान मुद्दा बाँकी रहेको र २०५२ सालदेखिका २८ थान मुद्दा मुल्तबीमा रहेको बताइएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.