Advertisement

हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बस दुर्घटना, चालकको मृत्यु, ८ जना घाइते

0 1,094

Advertisement

०३ भदाै, वीरगञ्ज । हेटौंडा-पथलैया सडकखण्डमा पर्ने चुरियामाई मन्दिरको ओरालोमा बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–८ कमाने बस्ने ४९ वर्षीय धर्मराज रेग्मी रहेको प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

उनका अनुसार काठमाडौंबाट रौतहटको बंकुलतर्फ आउँदै गरेको ना ६ ख ४६४१ नम्बरको बस ब्रेक फेल भएको थियो ।

ब्रेक फेल भएर बस अनियन्त्रित हुँदा हेटौंडातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ प ४११ नम्बरको मोटरसाइकललाई ठक्कर दिन पुगेको थियो । मोटरसाइकललाई ठक्कर दिएपछि बस सडकमै पल्टिन पुगेको थियो । बीच सडकमा बस पल्टिन पुग्दा केही समय सवारी आवागमन समेत अवरुद्ध भएको थियो ।

दुर्घटनामा परी घाइते भएका बारा कोल्हवी नगरपालिका–११ बस्ने २२ वर्षीय बिहारीलाल चौधरीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको हात, टाउको र मुखमा चोट लागेको छ । अर्थोपेडिक अस्पताल हेटौंडामा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि चितवन मेडिकल कलेज रिफर गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मोटरसाइकल चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका–२ चौकी टोल बस्ने ३५ वर्षीये इन्द्रबहादुर कार्कीको अवस्था भने मध्यम छ ।

चुरेहिल अस्पतालमा उपचाररत बाराकै कोल्हवी– ११ बस्ने २१ वर्षीय सुरज चौधरी, २८ वर्षीये राम प्रवेश रामको अवस्था सामान्य छ ।

यस्तै कोल्हवी–२ बस्ने ५७ वर्षीया देवकी पन्त र रौतहट विजयपुर नगरपालिका– १ बस्ने ३४ वर्षीय गान्धी दासको अर्थोपेडिक अस्पताल हेटौंडामा उपचार भइरहेको छ ।

यसैगरी कोल्हवी-१ बस्ने ३९ वर्षीय विरेन्द्र प्रसाद चौधरी र १९ वर्षीय रोहण बहादुर अधिकरीको सन्चो अस्पताल हेटौंडामा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बसमा चालक, सहचालक समेत गरी २८ जना यात्रु सवार थिए ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.