Advertisement

टोखामा ५१ किलोमिटर सडक ढलान, ३१ किलोमिटर कालोपत्र

0 1,675

Advertisement

०३ भदाै, काठमाडौँ । टोखा नगरपालिकाले चार वर्षमा ५१ किलोमिटर सडक ढलान सम्पन्न गरेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको उक्त नगरपालिकामा विसं २०७४ जेठ १० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएर नयाँ जनप्रतिनिधि आएसँगै विकासले मुहार फेरेको हो । चार वर्षमा नगरपालिकामा ३१ किलोमिटर सडक कालोपत्र हुनाका साथै चार किलोमिटर सडक ग्राभेल गरिएको हो ।

नयाँ जनप्रतिनिधि निर्वाचित हुनुपूर्व विसं २०७२ वैशाख १२ गते गएको गोरखा भूकम्पले क्षति पु¥याएका संरचना पुनःनिर्माण गर्ने चुनौतीसमेत थियो । नगरपालिकाले चार वर्षमा विभिन्न आठ सामुदायिक विद्यालयका ६० कक्षाकोठा पुनःनिर्माण गरिसकेको छ भने एक हजार ५०० भन्दा बढी घर पुनःनिर्माणका लागि रकम उपलब्ध गराइसकेको छ ।

मेलम्ची खानेपानी आयोजनालाई नगरपालिकाका जनतासमक्ष पु¥याउनका लागि जनप्रतिनिधिको अथक प्रयासमा १० किलोमिटर खानेपानीको पाइपलाइन विस्तार सम्पन्न गरिएको छ । वडा नं १ र २ बाहेक सबै वडावासीलाई मेलम्चीको खानेपानी पु¥याउने लक्ष्य राखिएको छ ।

नदी नियन्त्रणका लागि सात किलोमिटर रिटेनिङ वाल लगाउने काम सम्पन्न गरिएको र पाँच किलोमिटर ह्युमपाइप विस्तार गर्नाका साथै पाँच डिपबोरिङ खन्ने कामसमेत सम्पन्न गरिएको छ । नगरपालिकामा सानाठूला नौ पार्क बन्दैछन् । त्यसमा सात पार्कको निर्माण कार्य सम्पन्न गरिएको छ । नगरपालिकाले आर्थिक विकास कार्यक्रमअन्तर्गत किसानलाई कृषियन्त्र वितरण, कृषकलाई चार हजार ७७३ फलफूलका बिरुवा वितरण, पशुपालक किसानलाई आवश्यक औजार वितरण, सहकारी सञ्चालकलाई आवश्यक तालिम प्रदान गरेको छ ।

नगरपालिकाले ‘मेयर उज्यालो कार्यक्रम’अन्तर्गत अधिकाशं सडकमा सडकबत्ती जडानको कार्यलाई सम्पन्न गरेको छ । नगर प्रमुख प्रकाश अधिकारी मेयर उज्यालो कार्यक्रमअन्तर्गत टोखाभर एक हजार ९२० बत्ती जडान गरेको र बाँकी बत्ती जडानको क्रममा रहेको बताउनुहुन्छ । “दाहालगौँडादेखि कृष्णमन्दिर र ग्रिनल्याण्ड, सामाखुशीदेखि ग्राण्डी अस्पताल हुँदै झोरसम्म, गोँगबुचोकदेखि बानियाटार हुँदै भुतखेलचौरसम्म, नयाँ बसपार्कदेखि भत्केकोपुल, सामाखुशी खोलादेखि देउराली जनतासम्मको बाटामा सडक बत्ती जडान गरिसकेका छौँ”, नगरप्रमुख अधिकारी भन्नुहुन्छ ।

नगरवासीको सुरक्षाका लागि नेपाल प्रहरीको सहकार्यमा विभिन्न ५७ मुख्य चोकमा सिसी क्यामरा जडानसमेत गगरिको छ । चार वर्षमा रु तीन करोड ४२ लाखमा मनोहर तीर्थ पुल निर्माण सम्पन्न गरेको सो नगरपालिकाले प्रशासनिक भवन, वडा नं ९ र ११ को भवन निर्माणलाई अगाडि बढाएको छ ।

यस्तै रु तीन करोड ६० लाखमा वौडेश्वर बालमैत्री पार्क तथा शौचालय निर्माण कार्य सम्पन्न गरेको नगरपालिकाले कल्की मन्दिर परिसर तथा पार्क, शहरी स्वास्थ्य केन्द्र भवन र लाम्पाखा पार्क तथा सामुदायिक भवन निर्माण गरिरहेको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि कोरोना सङ्क्रमण दर बढेसँगै नगरपालिकाले चीनको नाग्छु शहरसँग भगिनी सम्बन्ध स्थापना गरि करोडौँ मूल्य बराबरका स्वास्थ्य सामग्री ल्याएर नागरिकको जीवनरक्षामा काम गरेको थियो । उक्त शहरबाट अहिले पनि सहयोग आदानप्रदान हुँदै आएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.