Advertisement

प्युठान जिप दुर्घटनामा घाइते भएका परियारको चार महीनापछि मृत्यु

0 380

Advertisement

३० साउन, गुल्मी । गत वैशाख १ गते प्युठान भएको जिप दुर्घटनामा परी घाइते सन्दीप परियारको शुक्रबार राति मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते परियारको काठमाडौंस्थित टिचिङ्ग अस्पतालमा उपचारको क्रममा चार महीनापछि मृत्यु भएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले बताए ।

मल्लरानी गाउँपालिका वडानम्बर-३ घर भएका २८ वर्षका सन्दीप परियार जिल्ला प्रशासन कार्यालय गुल्मीमा नागरिता प्रतिलिपी शाखामा खरिदार पदमा कार्यरत थिए ।

गुल्मीबाट नयाँ वर्ष मनाउन जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारीसहितको टोली धार्मिक तीर्थस्थल प्युठानको स्वर्गद्वारी जाने क्रममा प्युठानको स्वर्गद्वारी नगरपालिका-३ रुमालेमा लु१ज १६५५ नम्बरको जिप दुर्घटना परेको थियो ।

दुर्घटनामा परेर गम्भीर घाइते परियारसहित ६ जनालाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो । गम्भीर घाइतेमध्ये अरु पाँच जना भने उपचारपछि घर फर्किसकेका छन् ।

दुर्घटनामा परेर जिल्ला प्रशासनका कार्यालय गुल्मीमा कार्यरत चार जना कर्मचारी र चालक गरी पाँच जनाको मृत्यु भएको थियो । जिपमा सवार १७ मध्ये १२ जना घाइते भएका थिए ।

जिप घुम्तिमा बसलाई ओभरट्याक गर्ने क्रममा भीरबाट करिब १५० मिटर तल खसेको थियो । घाइतेहरुले भने जिप बाटोमा पटक-पटक बिग्रेर बनाउँदै गएको बताएका थिए ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.