Advertisement

थप तीन हजार २६० मा सङ्क्रमण, ३२ जनाको मृत्यु

0 762

Advertisement

२८ साउन, काठमाडाैँ । तीन हजार २६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार १० हजार ८०६ जनाको पिसिआर परीक्षण गर्दा दुई हजार ४७३ र चार हजार ६५६ एन्टिजेन परीक्षण गर्दा ७८७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भए

विगत २४ घण्टामा १५ हजार ४६२ जनामा नमूना परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा सक्रिय सङ्क्रमितको कूल सङ्ख्या ३८ हजार १८० पुगेको छ ।

सो अवधिमा दुई हजार २९४ जना सङ्क्रमणमुक्त भएका छन् । आजसँगै कूल छ लाख ७७ हजार ३७७ जना सङ्क्रमणमुक्त भएका हुन् । नेपालमा निको हुने दर ९३३ प्रतिशत रहेको छ । यस्तै विगत २४ घण्टामा कोभिडका कारण ३३ जनाको निधन भएको छ । अहिलेसम्म कूल १० हजार २१२ जनाको कोरोना सङ्क्रमणबाट निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल मृत्युदर एक दशमलव पाँच प्रतिशत रहेको छ ।

मन्त्रालयको अनुसार ७३७ जना सघन उपचार कक्षमा १८३ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । त्यस्तै ३४ हजार ८३८ जना होम आइसोलेशन, तीन हजार ३४२ संस्थागत आइसोलेशन र ४४१ जना क्वारेन्टिनमा रहेका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.