Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

लुटपाटको आरोपमा दुई पक्राउ

0 107

२८ साउन,सिन्धुपाल्चोक । नौ लाख ८९ हजार लुटपाटको आरोपमा दुई जना पक्राउ परेका छन् । चौतारा साँगाचोकगढी नगरपालिका–४ बस्ने २० वर्षीय राम तामाङ र २१ वर्षीय सरोज श्रेष्ठलाई प्रहरीले आज चौताराको चाँगुटोलबाट पक्राउ गरेको हो ।

तामाङ र श्रेष्ठले चौताराबाट घर जाँदै गरेका जुगल गाउँपालिका– ३ का पासलाल तामाङसहित उनका चार जना साथीलाई साउन २६ गते दिउँसो २ः४५ बज नौबिसे बलेफी पक्की सडकखण्डमा मोटर साइकलमा आएर कुटपिट गर्दै लुटपाट गरेका थिए ।

नक्कली पेस्तोलसमेत देखाइ कुटपिट गरी नगदसहित महत्वपूर्ण कागजात लुटपाट गरी फरार भएका उनीहरूलाई बा९९प ३६७२ नंको मोटरसाइकलसहित आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

घटनामा प्रयोग भएका थप तीन वटा मोटरसाइकल लुकाइछिपाइ राखेको अवस्थामा चौतारा साँगाचोक गढी नगगरपालिका–४ को ठूलाखेतबाट बरामद गरिएको र पक्राउ परेका दुई जनालाई डाँका चोरी मुद्दामा सिन्धुपाल्चोक जिल्ला अदालतबाट दिन सात दिनको म्याद थप गरी थप अनुसन्धान कार्य शुरु गरिएको बस्नेतले बताउनुभयो । अन्य फरार व्यक्तिको खोजतलास जारी रहेको पनि प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिनुभयो ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.