Advertisement

गैरआवासीय नेपाली सङ्घ जापानका अध्यक्षमा पौडेल विजयी

0 470

Advertisement

१७ साउन, टोकियो । गैरआवासीय नेपाली सङ्घ जापानको अध्यक्षमा शिवप्रसाद पौडेल विजयी हुनुभएको छ । दशौँ महाधिवेशनबाट अन्य चार प्रतिस्पर्धीलाई पछाडि पारी उहाँ निर्वाचित हुनुभएको हो । जुलाई २५ बाट जारी महाधिवेशननमा नयाँ कार्यसमिति २०२१–२३ का लागि सहमति जुटाउने प्रयास असफल भएपछि आज मतदान भएको थियो ।

निर्वाचन समितिका अनुसार कूल नौ हजार ३९४ मतदाता रहेकामा कूल सात हजार ७६७ मत खसेको थियो । नवनिर्वाचित पौडेलले तीन हजार ३८ र निकटतम् प्रतिस्पर्धी अनिता गुरुङले एक हजार ८६९ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा नवीन निउरे निर्वाचित हुनुभएको छ । यसपटक कूल २९ पदका लागि ५९ ले उम्मेदवारी दिनुभएको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.