जसपाको संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव चयन
१६ श्रावण, काठमाडाैं । जनता समाजवादी पार्टीको शनिबार बसेको संसदीय दलको बैठकले दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादवलाई चयन गरेको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शनिबार बसेको बैठकले अध्यक्ष यादवलाई निर्विरोध चयन गरेको पार्टी अध्यक्ष यादवका प्रेस संयोजक महेश चौरासियाले जानकारी दिनुभयो ।
अध्यक्ष यादवका लागि संघीय परिषद अध्यक्ष डा . बाबुराम भट्टराईको प्रस्ताव र महिन्द्र राय यादव समर्थक रहनुभएको थियो । जसपा संसदीय दलको बैठकमा २१ जना संघीय सांसदको उपस्थिति थियो ।