Advertisement

सचेतनाका लागि सडकका मुख्य चोकमा ट्राफिक डमी

0 258

Advertisement

०८ साउन, बलेवा । जिल्लामा पहिलोपटक नमूना (डमी) ट्राफिक प्रहरी स्थापना गरिएको छ । बजारमा जनचेतनाका लागि डमी ट्राफिक प्रहरी स्थापना गरिएको हो । टाढाबाट हेर्दा दुरुस्तै ट्राफिक प्रहरीजस्तै देखिने डमीले चालकलाई सचेत गराउने छ ।

डमी देखेपछि चालकले सवारीसाधनको गति नियन्त्रण गर्ने भएकाले दुर्घटना कमी गर्न सहज हुने ट्राफिक प्रहरी प्रमुख बद्री शर्मा तिमिल्सिनाले बताउनुभयो । जिल्लामा दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले थालेको अभियानमा सघाउ पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । जनशक्ति पनि कम भएकाले ट्राफिककै आकृतिमा डमी राखिएको हो ।

चालकलाई मनोवैज्ञानिक प्रभाव पार्ने र सर्वसाधारमा समेत ट्राफिक प्रहरीले दिनरात सेवा दिइरहेको अनुभूति गराउनकै लागि डमीको प्रयोग गरिएको तिमिल्सिनाले बताउनुभयो ।

ट्राफिक प्रहरीले बागलुङ उद्योग वाणिज्य सङ्घ, रोटरी क्लब र समाजसेवी शिव आचार्यको सहयोगमा डमी राखेको हो । डमीमा आवश्यकताअनुसारका सूचना पनि राख्न सकिने छ । “सवारी चालक तथा सर्वसाधारणलाई डमी देख्दा बित्तिकै ट्राफिक प्रहरीको झल्को आउने छ”, प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले भन्नुभयो ।

जिल्लामा अहिले २९ ट्राफिक प्रहरीको दरबन्दी छ । सबै दरबन्दीमा जनशक्ति भने छैन । एक जनाले दैनिक ३०० बढी सवारीको निगरानी गर्नुपर्ने अवस्था रहेको तिमिल्सिनाले बताउनुभयो । डमी सन्देश दिने नमूना प्रहरी भएको जिल्ला प्रहरी प्रमुख कृष्णबहादुर पल्लीमगरले बताउनुभयो । सदरमुकामका अति व्यस्त सडक बाघ चोक, गोल्डेन गेटचोक र ट्राफिक चोकमा गरी तीन डमी राखिएको छ ।

आवश्यकताअनुसार जिल्लाका अन्य ठाउँमा डमी राखिने ट्राफिक प्रहरीले जनाएको छ । गल्कोट नगरपालिकाको हटिया बजार क्षेत्र र ढोरपाटन नगरपालिकाको बुर्तिवाङ बजारमा पनि केही समयमा डमी राखिने योजना बनाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.