Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

आज मंगलबार नेप्सेमा सामान्य अंकको गिरावट : ७ अर्ब ८९ करोड ७५ लाख बराबरको कारोबार

0 48

०५ साउन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज मंगलबार नेप्सेमा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से ९.१ अंकले घटेर दुई हजार नौँ सय ८५ दशमलब ५७ विन्दुमा थामिएको छ ।

त्यस्तै आज कारोबार रकममा पनि गिरावट आएको छ । आज ७ अर्ब ८९ करोड ७५ लाख बराबरको कारोबार भएको छ । सोमबार ११ अर्ब ८१ करोड ३७ लाख बराबरको कारोबार भएको थियो ।

नेप्सेका अनुसार आज चार कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । आज नेप्सेमा लक्ष्मी उन्नती कोष र लक्ष्मी इक्युटी फण्डको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने बरुण हाइड्रोपावर र माउन्टेन हाइड्रो नेपालको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

त्यस्तै, आज १२ प्रतिशत आइसीएफसी फाइनान्स डिभेञ्चरको शेयरमूल्यमा गिरावट आएके छ । यसको शेयरमूल्य ६.१७ प्रतिशतले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा अरुण काबेली पावर कम्पनीको कारोबार भएको छ । यस कम्पनीको आज ३८ करोड भन्दा बढीको कारोबार भएको छ ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.