सुनको मूल्य बढ्यो
०५ साउन, काठमाण्डौं । मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुन तोलाको ४०० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार मंगलबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९३ हजार २०० रुपैयाँ, तेजावी ९२ हजार ७०० रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार २८० रुपैयाँ कायम गरिएको छ ।त्यसैगरी चाँदीको भाउ भने सोमबारको तुलनामा मंगलबार प्रतितोला १० रुपैयाँले घटेको छ ।
सोमबार छापावाला सुन तोलाको २०० रुपैयाँले बढेर ९२ हजार ८०० रुपैयाँ, तेजावी ९२ हजार ३०० रुपैयाँ र चाँदी १ हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।