Advertisement

वन क्षेत्र अतिक्रमण नियन्त्रण गर्न र वन्यजन्तु द्धन्द्ध कम गर्न प्रति दुइ मिटरको दुरीमा बाँस रोपण

0 542

Advertisement

०५ साउन, दाङ । बढ्दो वन क्षेत्र अतिक्रमण नियन्त्रण गर्दै वन क्षेत्रको नजिकमा हुने मानव वन्यजन्तु द्धन्द्ध कम गर्न दाङमा करिव १९ किलोमिटर क्षेत्रमा बास रोपिएको छ ।

बस्ति नजिकको वन क्षेत्र बर्षेनी अतिक्रमण हुने, बन्यजन्तु मानव बस्तिमा आएर मानवीय र धनजनको क्षती पू¥याउने र बस्तिमा स्थानीयले पालेका पशु चौपाया वन क्षेत्रमा गएर वन पैदावारको क्षती गर्न लागेपछि त्यसको न्यूनिकरणका लागि दाङका १२ वटा सामुदायिक वन क्षेत्रको करिव १९ किलोमिटर क्षेत्रमा बास रोपण गरिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

लुम्विनी प्रदेश सरकारको प्राथमिकता प्राप्त कार्यक्रम अन्र्तगत दाङको उच्च जोखिम क्षेत्रमा पर्ने घोराही उपमहानगरपालिकाका ६ वटा, बबई गाउँपालिका ३ वटा, तुल्सीपुर उपमहानगरपालिकाका २ र दंगिशरणका गाउँपालिकाका एउटा सामुदायिक वन क्षेत्रमा बास रोपण गरिएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर के.सी.ले जानकारी दिनुभयो ।

बास चाडै हुर्कने हुदा वन र बस्तीबिचको स्थायी सीमाको काम गर्र्नेे, बास बहुउपयोगी भएकाले किसानहरुले त्यस मार्फत आय आर्जन गर्न सक्ने, वन क्षेत्रको वरिपरिका बस्तीले बर्षेनी आफ्नो सीमा बढाउदै वन क्षेत्र अतिक्रमण गर्ने कार्य कम पनि कम गर्ने हुदा बास रोपण कार्यलाई प्रभावकारी रुपमा अघी बढाइएको सूचना अधिकारी केसीले बताउनुभयो ।

प्रति दुइ मिटरको दुरीमा बाँस रोपण गर्दा १ किलोमिटरमा करिव ५ सय बास रोपिएको छ । तारबास सहित यो बर्ष ९ हजार बास रोपिएको छ । बास रोपनका लागि खरिद, संकलन र ढुवानी खर्च वापत प्रति राइजोम (बासको गाना) वापत २ सय रुपैया कार्यालयले बास रोप्ने सामुदायिक वन समूहलाई प्रदान गरेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.