Advertisement

आइतबारदेखि विद्युत् सेवा अवरुद्ध

0 316

Advertisement

०५ श्रावण, डोटी । लगातारको वर्षाका कारण जिल्ला सदरमुकाम सिलगढीमा आइतबारदेखि विद्युत् सेवा बन्द भएको छ ।

घण्टौँसम्म विद्युत् सेवा अवरुद्ध हुँदा यहाँका नागरिक मारमा परेका छन् । आइतबार राति साढे १२ बजेदेखि जिल्ला सदरमुकामको विद्युत् सेवा अवरुद्ध भएको हो । दिपायल सिलगढी नगरपालिका–५ बागठाटादेखि जिल्ला सदरमुकाम सिलगढीको शैलेश्वरी मन्दिरको बीचमा पर्ने लाइनमा खराबी आएपछि यहाँको विद्युत् लाइन अवरुद्ध भएको डोटी साना जल विद्युत् वितरण कार्यालय दिपायलले जनाएको छ ।

अवरुद्ध भएको विद्युत् सेवा पुनः सञ्चालनका लागि कर्मचारी खटिए पनि लगातारको वर्षाका कारण समस्या पत्ता लगाउन नसकिएको विद्युत् कार्यालयका प्रमुख कपिल जोशीले बताउनुभयो । अवरुद्ध विद्युत् सेवा मर्मतका लागि प्राविधिक टोली अहिले पनि काममै खटिएको उहाँले जानकारी दिनुभयो । विद्युत् सेवा अवरुद्ध हुँदा सरकारी कार्यालयको कामकाज आज दिनभरि प्रभावित हुनाका साथै उद्योग, कलकारखाना, घरायसी कामकाजलगायत एफएम रेडियो र पत्रपत्रिकासमेत प्रसारण तथा प्रसारण हुन सकेका छैनन् ।

गर्मीको समयमा पनि अवरुद्ध विद्युत् सेवा समयमै पुनः सञ्चालन गर्नका लागि विद्युत् कर्मचारीले लापरबाही गरेको भन्दै यहाँका नागरिक आक्रोशित बनेका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.