Advertisement

‘बैंक आउन नसक्नेका लागि घर–घरमै सामाजिक सुरक्षा भत्ता वितरण हुन्छ’ : अध्यक्ष निमा ग्याल्जेन शेर्पा

0 245

Advertisement

०३ साउन, हेलम्बु । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता लिन लागि हतार नगर्न आग्रह गरेको छ ।
गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो आग्रह गरेका हुन् । बैंक आउन नसक्नेका लागि घर–घरमा पुगेर विगतमा पनि भत्ता वितरण गरिएको र अझ पनि सेही अनुसार टोल–टोलमा गई भत्ता वितरण गरिने जानकारी दिएका छन् । घरघरमै आएर भत्ता वितरण गरिने र कसैलाई पनि नआत्तिन अध्यक्ष शेर्पाले आग्रह समेत गरे ।

निमा ग्याल्जेनले सामाजिक सञ्जालमा लेखेका छन्:

‘हेलम्बु गाउँपालिकाको सामाजिक सुरक्षा भत्ताको विषयमा सामाजिक संजालमा तस्बिर देख्दा दुःख लागेको छ । गाउँ पालिकाले यो भन्दा पहिले पनि बैंक आउन नसक्नेहरुको लागि घर घरमा पुगेर खाता खोल्ने कार्य र भत्ता दिने काम भएको सबैलाई जानकारी नै छ । सोही अनुसार अहिले पनि बैंकलाई समबन्धित वार्ड सँग समन्वय गरेर घर घरमा पुराउने ब्यवस्था मिलाएकोमा कसैलाई जानकारी नभएर बैंकसम्म बोकेर ल्याएको प्रति हेलम्बु गाउँ पालिका अत्यन्तै सम्बेदनशील छ । यस्तो कुरा जानकारी हुने साथीहरूले आफ्नो टोलटोलमा खबर गरि ८० बर्ष माथीका केहि कारणले बैंक सम्म आउन नसक्ने हरुलाई घरमा घरमा मै पुराउने ब्यबस्था भएको र हतारमा बोकेर बैंकमा पुराउने काम नगर्नु हुन सम्पुर्ण हेलम्बुबासी आमाबुबा दाजुभाइ दिदिबहिनीहरुमा मेरो सादर अनुरोध छ ।’



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.