Advertisement

काँग्रेस पदाधिकारी बैठक २ बजे बस्दै, महाधिवेशन र क्रियाशील सदस्यताबारे छलफल हुने

0 173

Advertisement

०१ साउन, काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक आज दिउँसो २ बजे बस्दैछ । काँग्रेस पदाधिकारी बैठक पार्टी कार्यालय सानेपामा बस्न लागेको काँग्रेस नेत्री डा. डिला सङ्ग्रौलाले जानकारी दिनुभयो ।

काँग्रेसको आसन्न चौधौं केन्द्रीय महाधिवेशन र क्रियाशील सदस्यताका सम्बन्धमा आजको बैठकको छलफल केन्द्रित रहने सङ्ग्रौलाले बताउनुभएको छ । आगामी भदौं १६ देखि १९ गतेसम्म हुने भनिएको काँग्रेस महाधिवेशन समयमै सम्पन्न गर्न नसके यसको विकल्पका बारेमा पनि सोच्नुपर्ने समेत स्वयम् काँग्रेसका नेताहरुले बताउँदै आएका छन् ।

काँग्रेसले क्रियाशील सदस्यता सम्बन्धमा असार मसान्तसम्म टुङ्गो लगाउने बताउँदै आएको थियो । साथै सरकार सञ्चालनकाे जिम्मेवारीसमेत पार्टीमा थपिएकाले गठबन्धनसँगकाे सम्बन्ध तथा सरकार गठनलगायतका विषय अगाडि आएकाे  अवस्थामा काँग्रेस पदाधिकारी बैठक बस्दैछ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.