Advertisement

सेयर बजारमा हरियाली, कारोबार रकम साढे ५ अर्बमा खुम्चियो

0 983

Advertisement

२९ असार, काठमाडौं । सेयर बजार परिसूचक नेप्से १६.३४ अंकले बढेको छ । सरकार परिवर्तनको घटनाक्रमसँगै हरियाली बनेको बजारमा अघिल्लो दिनको तुलनामा कारोबार रकममा भने साढे चार अर्बको गिरावट आएको छ ।

मंगलबार नेप्से परिसूचक बढेर २ हजार ८७१ दशमलव ३ अंकमा पुगेको छ । सोमबार दोस्रो बजारमा सेयर कारोबार भएको १३ उपसमूहमध्ये १२ उपसमूह हरियाली बन्यो । लाइफ इन्स्योरेन्स उपसमूह भने ०.३९ प्रतिशतले घट्न पुग्यो ।

शून्य दशमलब ५७ प्रतिशतले बढेको बजारमा कारोबार रकम पाँच अर्ब ५४ करोड ६३ लाखमा सीमित भयो । जुन अघिल्लो दिनको तुलनमा चार अर्ब ४४ करोडले कम हो । आज दोस्रो बजारमा २२३ कम्पनीको एक करोड २३ लाख ४८ हजार ३८९ कित्ता सेयर ५३ हजार हजार १३९ पटक कारोबार भएको थियो ।

मंगलबार आधार दर्जन कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा बढीले वृद्धि भयो भने नौ कम्पनीको सेयर मूल्य पाँच प्रतिशत हाराहारीले बढ्यो । आज सेन्ट्रलर फाइनान्स, समृद्धि फाइनान्स, मन्जुश्री फाइनान्सका लगानीकर्ता दोस्रोमा धेरै कमाउनेमा गनिए ।

यस्तै सानिमा लार्ज क्यापिटल फण्डका लागानीकर्ताले सबै भन्दा धेरै तीन दशमलब ०८ प्रतिशतले बजारबाट गुमाए । मंगलबार नेपाल बंगलादेश बैंकको सेयर सबैभन्दा धेरै कारोबार भएको थियो । यस्तै नेपाल लाइफ इन्स्योरेनस कम्पनी, एनआईसी एशिया बैंक, निर्धान उत्थान बैंक लगायतका कम्पनी पनि धेरै कारोबार हुने कम्पनीमा परे ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.