Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

नेप्से आज मंगलबार दोहोरो अंकले बढ्यो : ५ अर्ब ५४ करोड ६३ लाख बराबरको कारोबार

0 50

२९ असार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कोरोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकले बढेको छ । आज नेप्से १६.३४ अंकले बढेर दुई हजार आठ सय ७१ दशमलब ०३ विन्दुमा पुगेको छ ।

त्यस्तै, आज नेप्सेमा कारोबार रकम भने घटेको छ । आज नेप्सेमा ५ अर्ब ५४ करोड ६३ लाख बराबरको कारोबार भएको छ । हिजो सोमबार नेप्सेमा ९ अर्ब ९८ करोड बराबरको कारोबार भएको थियो ।

नेप्सेका अनुसार आज ६ कम्पनीको शेयरमूल्यमा भएको छ । त्यस्तै, सानिमा लार्ज क्याम्प फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ ।

यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल बंगालादेश बैंकको भएको छ । यस कम्पनीको आज ४५ करोड भन्दा बढीको कारोबार भएको छ ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.