Advertisement

कार्यसूचीमै प्रवेश नगरी बैठक स्थगित

0 200

Advertisement

२४ असार, कर्णाली । कर्णाली प्रदेशसभाको बैठक आज पनि स्थगित भएको छ । आर्थिक वर्ष २०७८÷७९ को वार्षिक बजेटबारे छलफल गर्नुपर्ने कार्यसूची भए पनि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधका कारण बैठक सञ्चालन हुन सकेन । एमालेको अवरोधले प्रदेश सरकारले असार १ गते ल्याएको बजेटमाथि अझै छलफल हुन सकेको छैन ।

बैठक शुरु हुनासाथ एमाले सांसद उठेर अवरोध गरेका थिए । सभामुखले एक जनालाई बोल्न र अन्यलाई आसनग्रहण गर्न अनुरोध गरेलगत्तै एमालेका प्रदेशसभा सदस्य दल रावलले प्रदेश सरकारले असंवैधानिक कदम चालेका कारण विरोध गर्न बाध्य भएको बताउनुभयो । “कर्णालीमा अल्पमतले बहुमतमाथि शासन गरिरहेको छ, यो नैतिक, लोकतान्त्रिक र वैधानिक रुपमै लज्जास्पद हो”, उहाँले भन्नुभयो, “जबसम्म सरकार आफ्ना गल्ती सच्याउँदैन्, तब बजेटमाथि छलफल गर्न सकिँदैन ।”

रावलले बोलेपछि पनि एमाले सांसद सिटमा नबसेपछि सभामुखले यही असार २७ गतेसम्मका लागि बैठक स्थगित भएको घोषणा गर्नुभयो । एमालेले सदनमा एउटै पार्टीलाई सत्तापक्ष र प्रतिपक्षीमा राख्न खोजिएको भन्दै आपत्ति जनाउँदै आएको छ । हाल प्रदेश सरकारमा एमालेका तीन जना सदस्य मन्त्री हुनुहुन्छ । फ्लोर क्रस गरेर आफूलाई विश्वासको मत दिएका एमालेका अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिं बुढालाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारमा सहभागी गराउनुभएको छ ।

फ्लोर क्रस गरेपछि एमालेको सिफारिशका आधारमा प्रदेशसभाले पदबाट बर्खास्त गरेपनि सर्वोच्च अदालतको अन्तरिम आदेशबाट उहाँहरुसहित प्रकाश ज्वाला पुनर्वहाली हुनुभएको थियो । प्रदेशसभाले विपक्षी लहरमा सिट व्यवस्थापन गरेपनि ज्वालाबाहेक अन्य तीन जना सत्तापक्षको कुर्सीमा बस्दै आउनुभएको छ ।

एमालेले सोही विषयलाई लिएर सदन अवरुद्ध गर्दै आएको छ । संसदीय व्यवस्थामा एउटै पार्टी सत्तापक्ष र विपक्षी हुन नसक्ने एमालेको जिकिर छ ।कर्णाली प्रदेशसभाको बैठक आज पनि स्थगित भएको छ । आर्थिक वर्ष २०७८÷७९ को वार्षिक बजेटबारे छलफल गर्नुपर्ने कार्यसूची भए पनि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधका कारण बैठक सञ्चालन हुन सकेन ।

एमालेको अवरोधले प्रदेश सरकारले असार १ गते ल्याएको बजेटमाथि अझै छलफल हुन सकेको छैन । बैठक शुरु हुनासाथ एमाले सांसद उठेर अवरोध गरेका थिए । सभामुखले एक जनालाई बोल्न र अन्यलाई आसनग्रहण गर्न अनुरोध गरेलगत्तै एमालेका प्रदेशसभा सदस्य दल रावलले प्रदेश सरकारले असंवैधानिक कदम चालेका कारण विरोध गर्न बाध्य भएको बताउनुभयो ।

“कर्णालीमा अल्पमतले बहुमतमाथि शासन गरिरहेको छ, यो नैतिक, लोकतान्त्रिक र वैधानिक रुपमै लज्जास्पद हो”, उहाँले भन्नुभयो, “जबसम्म सरकार आफ्ना गल्ती सच्याउँदैन्, तब बजेटमाथि छलफल गर्न सकिँदैन ।” रावलले बोलेपछि पनि एमाले सांसद सिटमा नबसेपछि सभामुखले यही असार २७ गतेसम्मका लागि बैठक स्थगित भएको घोषणा गर्नुभयो ।

एमालेले सदनमा एउटै पार्टीलाई सत्तापक्ष र प्रतिपक्षीमा राख्न खोजिएको भन्दै आपत्ति जनाउँदै आएको छ । हाल प्रदेश सरकारमा एमालेका तीन जना सदस्य मन्त्री हुनुहुन्छ । फ्लोर क्रस गरेर आफूलाई विश्वासको मत दिएका एमालेका अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिं बुढालाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारमा सहभागी गराउनुभएको छ ।

फ्लोर क्रस गरेपछि एमालेको सिफारिशका आधारमा प्रदेशसभाले पदबाट बर्खास्त गरेपनि सर्वोच्च अदालतको अन्तरिम आदेशबाट उहाँहरुसहित प्रकाश ज्वाला पुनर्वहाली हुनुभएको थियो । प्रदेशसभाले विपक्षी लहरमा सिट व्यवस्थापन गरेपनि ज्वालाबाहेक अन्य तीन जना सत्तापक्षको कुर्सीमा बस्दै आउनुभएको छ । एमालेले सोही विषयलाई लिएर सदन अवरुद्ध गर्दै आएको छ । संसदीय व्यवस्थामा एउटै पार्टी सत्तापक्ष र विपक्षी हुन नसक्ने एमालेको जिकिर छ ।कर्णाली प्रदेशसभाको बैठक आज पनि स्थगित भएको छ ।

आर्थिक वर्ष २०७८÷७९ को वार्षिक बजेटबारे छलफल गर्नुपर्ने कार्यसूची भए पनि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधका कारण बैठक सञ्चालन हुन सकेन । एमालेको अवरोधले प्रदेश सरकारले असार १ गते ल्याएको बजेटमाथि अझै छलफल हुन सकेको छैन । बैठक शुरु हुनासाथ एमाले सांसद उठेर अवरोध गरेका थिए ।

सभामुखले एक जनालाई बोल्न र अन्यलाई आसनग्रहण गर्न अनुरोध गरेलगत्तै एमालेका प्रदेशसभा सदस्य दल रावलले प्रदेश सरकारले असंवैधानिक कदम चालेका कारण विरोध गर्न बाध्य भएको बताउनुभयो । “कर्णालीमा अल्पमतले बहुमतमाथि शासन गरिरहेको छ, यो नैतिक, लोकतान्त्रिक र वैधानिक रुपमै लज्जास्पद हो”, उहाँले भन्नुभयो, “जबसम्म सरकार आफ्ना गल्ती सच्याउँदैन्, तब बजेटमाथि छलफल गर्न सकिँदैन ।”

रावलले बोलेपछि पनि एमाले सांसद सिटमा नबसेपछि सभामुखले यही असार २७ गतेसम्मका लागि बैठक स्थगित भएको घोषणा गर्नुभयो । एमालेले सदनमा एउटै पार्टीलाई सत्तापक्ष र प्रतिपक्षीमा राख्न खोजिएको भन्दै आपत्ति जनाउँदै आएको छ । हाल प्रदेश सरकारमा एमालेका तीन जना सदस्य मन्त्री हुनुहुन्छ ।

फ्लोर क्रस गरेर आफूलाई विश्वासको मत दिएका एमालेका अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिं बुढालाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारमा सहभागी गराउनुभएको छ । फ्लोर क्रस गरेपछि एमालेको सिफारिशका आधारमा प्रदेशसभाले पदबाट बर्खास्त गरेपनि सर्वोच्च अदालतको अन्तरिम आदेशबाट उहाँहरुसहित प्रकाश ज्वाला पुनर्वहाली हुनुभएको थियो ।

प्रदेशसभाले विपक्षी लहरमा सिट व्यवस्थापन गरेपनि ज्वालाबाहेक अन्य तीन जना सत्तापक्षको कुर्सीमा बस्दै आउनुभएको छ । एमालेले सोही विषयलाई लिएर सदन अवरुद्ध गर्दै आएको छ । संसदीय व्यवस्थामा एउटै पार्टी सत्तापक्ष र विपक्षी हुन नसक्ने एमालेको जिकिर छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.