Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

युनियन लाइफ इन्स्योरेन्सले निष्काशन गरेको आईपिओमा आज पहिलो दिन झन्डै डेढ गुणा बढीको आवेदन

0 119

२४ असार, काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले निष्काशन गरेको आईपिओमा आज पहिलो दिन झन्डै डेढ गुणा बढीको आवेदन परेको छ । कम्पनीले निष्काशन गरेको आईपिओमा आज बेलुका ५ बजेसम्ममा ४ लाख ६१ हजार ३ सय ५६ जना आवेदकबाट ८२ करोड ४७ लाख ८ सय ८० कित्ताको लागि आवेदन परेको छ । यो माग भन्दा १.४२ गुणा बढो हो ।

कम्पनीले आज असार २४ गतेदेखि आईपिओ बिक्रि खुला गरेको हो। कम्पनीले सर्वसाधारणको लागि ६४ करोड २० लाखको बराबरले हुन आउने ६४ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो ।

जस मध्ये ३ लाख २२ हजार ५ सय कित्ता कर्मचारीको लागि र ३ लाख २२ हजार ५ सय कित्ता सामुहिक लगानी कोषलाई सुरक्षित गरिएको छ । बाँकि रहेको ५८ लाख ५ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

कम्पनीको आईपिओमा असार २८ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिदा न्युनतम १० कित्ता र अधिकतम ३२ हजार २ सय ५० कित्ताको लागि दिन सकिने छ ।

कम्पनीले शेयर निष्काशनको लागि प्रभु क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असार १३ गते शेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.