Advertisement

पाँच स्वास्थ्य संस्थालाई अक्सिजन कन्सन्ट्रेटर

0 457

Advertisement

२३ असार, बलेवा । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए)को सहयोगमा बडिगाड गाउँपालिकाभित्रका पाँच स्वास्थ्य संस्थाका लागि अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरिएको छ ।एनआरएनएको सहयोग तथा नेपाली काँग्रेस बागलुङ क्षेत्र नं २ का सभापति द्रोण कुँवरको समन्वयमा प्राप्त ती अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरिएको हो ।

वडा नं १ को दगातुनडाँडा स्वास्थ्य चौकी, वडा नं ३ को शिसाखानी स्वास्थ्य चौकी, वडा नं ४ को जलजला स्वास्थ्य चौकी, वडा नं ८ को रणसिंहकिटेनी स्वास्थ्य चौकी र वडा नं ९ को दर्लिङ स्वास्थ्य चौकीको लागि एक÷एक थान मेसिन उपलब्ध गराइएको थियो । मेसिन हस्तान्तरण कार्यक्रममा सभापति कुँवरले विकट वस्तीमा सेवा पु¥याउने उद्देश्यले नागरिक दायित्व वहन गरेर सहयोग गरिएको बताउनुभयो ।

गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजा, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव भीमलाल पोखरेल, नेकपा (एमाले) बडिगाडका अध्यक्ष गुणनिधि घिमिरे, नेपाल महिला सङ्घका दिलमाया पौवीलगायतले अक्सिजन कन्सन्ट्रेटर मेसिन उपलब्ध भएपछि कोरोना सङ्क्रमणको उपचारमा सहज हुने बताउनुभयो।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.